• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

खेर गएको पाखोमा अलैँची खेती

सुशीला रेग्मी शनिबार, जेठ ३१, २०७७  ०८:२७
1140x725

रामपुर- निस्दी गाउँपालिका, खाँदरका तुलबहादुर बयम्बु प्रयोगमा नआएका पाखो जमीनमा अलैँची भरिएर आयस्रोत भित्रिँदा दङ्ग देखिन्छन्। 

उनले सो पाखाकोे १५ रोपनी जग्गामा अलैँची लगाएका छन्। तीन वर्षयता उत्पादन  शुरु भइसकेको छ। उनले उत्पादनको पहिलो वर्ष १५ हजार र  दोस्रो वर्ष १ लाख ५० हजार रूपैयाँको अलैँची बिक्री गर्न उनी सफल भए। तेस्रो वर्ष (गत वर्ष) मौसम उपयुक्त नभएकाले उत्पादन कम हुँदा ५० हजारको आम्दानी भएको छ। यो वर्ष करीब दुई क्विन्टल उत्पादन हुने उनको अनुमान छ। ‘खेती गर्ने तरिका जानेमा खेर गएका पाखो जग्गा पनि पैसा फल्ने हुँदो रहेछ, वर्षेनी पाँच सयदेखि छ सयसम्म बिरुवा थप गर्दै गइरहेको छु’,  बयम्बुले भने। बिरुवा लगाइएको एकदेखि डेढ वर्षपछि मात्रै उत्पादन लिन सकिन्छ। 

६ वर्षअघि इलाम भ्रमणमा गएका बेला एक बिरुवा ल्याएर खेती शुरु गरेका बयम्बु नै त्यस क्षेत्रमा अलैँचीको खेती शुरु गर्ने पहिलो व्यक्ति हुन्। यस क्षेत्रमा अलैँचीको व्यावसायिक खेतीबारे यस अगाडि कसैलाई जानकारी थिएन। बयम्बुले लगाएको अलैंचीले चर्चा पाएपछि गाउँपालिकाले पकेट क्षेत्रका रुपमा विस्तार गर्न थालेको छ। 

गाउँका करीब १५० रोपनी क्षेत्रफल अलैँचीले भरिँदा गाउँको वातावरण नै हरियालीमय बनेको अलैँची पकेट क्षेत्र विस्तार कार्यक्रमका अध्यक्ष मानुराज खाम्चा बताउँछन्। गाउँपालिकाको सहयोगमा यहाँका ७५ घरपरिवारले व्यावसायिक रुपमा अलैँची खेती गर्न थालेका छन्। आठ रोपनीमा अलैँची खेती गरेका खाम्चाले अझै सात रोपनी जग्गामा विस्तार गर्ने योजना बनाएका छन्। 

गाउँपालिकाले अलैँची पकेट क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत चालु आवमा १ लाख ८७ हजार ५ सय रकम सहयोग गरेको छ। सो रकम अलैँचीको बिरुवा, प्लास्टिक स्पेयर, विषादी, अलैँची सुकाउने भट्टी र फल काट्ने कैँची खरीदमा खर्च गरिने भएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

पन्ध्र हजार अलैँचीका बिरुवा खरीद गरी कृषकलाई वितरण गर्ने कार्यक्रम रहेपनि बन्दाबन्दीले लमजुङको भोटेओडारबाट बिरुवा खरीद गरेर ल्याउन समस्या परेको कृषि शाखा प्रमुख खिमराज कोइराला बताउँछन्। उनी भन्छन्, ‘एक वडा एक पकेट क्षेत्र कार्यक्रमअन्तर्गत यस क्षेत्रलाई पकेट क्षेत्रका रुपमा विस्तार गर्न थालिएको छ, खेती गर्न छाडिएका प्रशस्त पाखोबारी रहेको जग्गामा कृषकले अहिले अलैँची लगाएर हरियाली बनाएका छन्।’ 

यहाँ उत्पादित अलैँची कृषकले प्रतिकिलो ६०० रूपैयाँमा बिक्री गर्ने गरेका छन्। अलैँची खेती शुरुआती चरणमा भएकाले गत भदौअसोजमा यहाँका कृषक एक क्विन्टल ५० किलो उत्पादन गरी बजारमा बिक्री गर्न सफल भएका थिए। गाउँपालिकाले दुई सय रोपनी क्षेत्रफलमा अलैँची विस्तार गर्ने योजना बनाएको छ। यहाँ उत्पादित अलैँची नवलपरासीको अरुणखोला बजारमा खपत भएको छ। यसको निर्यात भारत‚ अरबलगायतका देशहरूमा पनि गर्ने गरिएको छ।

जिल्लामा हाल अलैँचीको झिरुवास, खाँदर क्षेत्रमा मात्र व्यावसायिक खेती गरिएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताए। उनका अनुसार व्यावसायिक खेती गर्नेगरी कृषकबाट माग आएमा  साझेदारीका कार्यक्रम सञ्चालन गरिनेछ।

Xtrem
Xtrem

दुई दशक अगाडि साविक कसेनी गाउँ विकास समिति वलेसका कृषकले अलैँची खेतीबाट आम्दानी गरेका थिए। त्यस समय धेरै कृषकको आम्दानीको स्रोत नै अलैँची खेती थियो। एक घरपरिवारले तीनदेखि पाँच क्विन्टलसम्म अलैँची उत्पादन गर्थे। अहिले निस्दी गाउँपालिकाले पकेट क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत खाँदर क्षेत्रलाई अलैँचीको व्यावसायिक रुपमा खेती गर्न सहयोग गरेपछि कृषकको आकर्षण बढ्दो छ।

अलैँची लगाउँदा खेतबारी मास्नु नपर्ने, भुइँ-डालेघाँसलगायत बोटबिरुवालाई असर नगर्ने, सामान्य गोडमेल– मलखाद– रेखदेख गरे पुग्ने, भाउ तलमाथि भए पनि सजिलै बिक्री हुने कारणले कृषकले व्यावसायिक खेती गरेर मनग्य आम्दानी लिन सक्ने जनाइएको छ।

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७  ०८:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्