काठमाडौं- विश्वभर ७६ लाख २० हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक २० लाख ४४ हजार ५ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै, ब्राजिलमा ८ लाख २८ हजार ८ सय १०, रुसमा ५ लाख १० हजार ७ सय ६१, भारतमा २ लाख ९७ हजार ५ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, विश्वभर ४ लाख २४ हजार ७ सय ७५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक १ लाख १४ हजार ६ सय १३ जना छ। त्यस्तै, ब्राजिलमा ४१ हजार ८ सय २८, बेलायतमा ४१ हजार ५ सय ६६, इटालीमा ३४ हजार २ सय २३, फ्रान्समा २९ हजार ३ सय ७७, स्पेनमा २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ।
त्यस्तै, विश्वभर ३६ लाख ६ हजार ४ सय २ जना संक्रमणमुक्त भएका छन्।
संक्रमणमुक्त हुनेहरुमा अमेरिकामा सर्वाधिक ५ लाख ४७ हजार ३ सय ८६, ब्राजिलमा ४ लाख ४४ हजार ९ सय ७३, रुसमा २ लाख ६८ हजार ८ सय ६२ जना छन्।
नेपालमा पनि संक्रमितको संख्या ५ हजार नाघेको छ। पछिल्लो विवरण अनुसार नेपालमा ५ हजार ६७ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ८ सय ७७ जना संक्रमणमुक्त भएका छन् र १६ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।