काठमाडौं- पेस्ताल र ३ सकेट बमसहित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक नेता पक्राउ परेका छन्। उनी ललितपुर महानगरपालिका ११ स्थित उनकै घरबाट पक्राउ परेका हुन्।
विप्लव नेकपा नेता सानुराम वज्राचार्य पक्राउ परेको ललितपुर प्रहरी परिसरका प्रमुख एवम् एसएसपी टेकप्रसाद राईले जानकारी दिएका हुन्। उनी महासचिव विप्लवको डिसिएम भएको समेत प्रहरीले जानकारी दिएको छ।
उनको साथबाट पक्राउ बरामद गरिएको सकेट बम नेपाली सेनाको टोलीले लगेर सकेट बम डिस्पोज गरेको समेत एसएसपी राईले जानकारी दिए।वज्राचार्यलाई हातहतियार तथा खरखजान मुद्दामा अनुसन्धान सुरु गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।