वासिङ्टन- अमेरिकाले इराकमा पठाउँदै आएको अमेरिकी सेनाको संख्यामा कटौती गर्ने भएको छ। अमेरिका र इराक सरकारको बिहीबार जारी संयुक्त वक्तव्यमा सो कुराको जानकारी दिइएको हो।
अमेरिकाले इराकमा (इस्लामिक स्टेट्स) आइएसको नियन्त्रणका साथै अन्य आतंकवादी क्रियाकलापहरुको नियन्त्रणका लागि भन्दै विगतदेखि सेना पठाउँदै आएको छ । तर आगामी दिनमा ती सैनिकको संख्यामा कटौती गर्ने अमेरिकाले जनाएको छ। अमेरिकाले आगामी महिनादेखि नै इराकमा खटाइने सेनाको संख्यामा कटौती गरिने जनाएको हो।
बिहीबार अमेरिकी विदेश मन्त्रालयले वक्तव्य प्रकाशन गरेर सो कुराको जानकारी गराएको हो। त्यस वक्तव्यमा के कति मात्रामा संख्या घटाइने हो भन्ने विषयमा भने केही पनि बताइएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।