काठमाडौं– चौतर्फी विरोध भएपछि सरकारले विदेशबाट नेपाली ल्याउने चार्टर फ्लाइटको टिकट दर रद्द गरेको छ। यसअघिको भाडादर रद्द गरी प्रतिस्पर्धाका आधारमा अन्य एयरलाइन्सलाई समेत टिकट बेच्न खुल्ला गरिदिएको हो।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले चार्टर फ्लाइटको टिकट दर रद्द गरिएको जानकारी आएको बताए। चौतर्फी आलोचना भएपछि सरकारले सो निर्णय फिर्ता लिएको बताइएको छ।
अब हिमालय र नेपाल एयरलाइन्सहरूले मात्र नभई अन्य एयरलाइन्सले आआफ्नो हिसाबले टिकट बिक्री गर्न पाउनेछन्।
पन्तले नेपाल फिर्तीका लागि नेपाल सरकारले तोकेको भाडादरको निर्णयबाट नेपाल सरकार ब्याक भएपछि सस्तोभन्दा सस्तो जहाज भाडामा लिएर लैजान सकिने बताए। उनले आवश्यक परे गैरआवासीय नेपाली संघले आफैंले हवाइजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धारको लागि तयार रहेको बताए।
अध्यक्ष पन्तले कोरोना महामारीमा संघले महत्वपूर्ण भूमिका खेलेको कारणले हजारौंको संख्यामा नेपालीहरू लाभान्वित भएको जानकारी दिए। उनले भारतबाट नेपाल आउने क्रममा नेपाल-भारत सीमामा धेरै नेपालीले दुःख पाएको भन्दै त्यहाँको भयावह स्थितिबारे समेत चिन्ता प्रकट गरेका छन्।
पन्तले गैरआवासीय नेपाली संघले उनीहरूका लागि तत्काल राहत वितरणको तयारी गरेको जानकारी दिए। उनले मध्यपूर्व लगायतका देशमा रहेका श्रमिकहरूको उद्धारको काम सुरु गर्नु स्वागतयोग्य कदम भएको बताए।
एक अन्तरक्रिया कार्यक्रममा बोल्दै संघ महासचिव डा हेमराज शर्माले विदेशबाट फर्किने नेपालीहरूको व्यवस्थापनमा नेपाल सरकारले प्रयाप्त तयारी गर्नुपर्नेमा जोड दिए। उनले नेपाल सरकार र गैरआवासीय नेपाली संघबीच सहकार्य गरेर फर्किएका नेपालीहरूलाई नेपालीमा पुनःस्थापना गर्न सकिने विचार व्यक्त गरे।
यसअघि नेपाल सरकारले कोरोनो भाइरसका कारणले विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न टिकट दर आफैंले तोकेपछि सो निर्णय विवादमा उत्पन्न भएको थियो।
गैरआवासीय नेपाली संघको आयोजनामा शुक्रबार आयोजित अनलाइन अन्तरक्रियालाई सम्बोधन गर्दै संघका उपाध्यक्ष डा बद्री केसीले कोरोना भाइरसको महामारीमा संघले खेलेको भूमिकाका कारण विदेशमा नेपालहरू अलपत्र हुनबाट बचेको बताए। उनले विदेशमा नेपालीहरूको शव ठूलो संख्यामा अलपत्र गरेको र त्यसको व्यवस्थापनाको लागि चुनौती रहेको बताए।
यस्तो छ सरकारले तोकेको अधिकतम भाडादर
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघिको अधिकतम भाडादरमा संशोधन गर्दै केही हेरफेर बनाएको छ। मन्त्रालयले भाडा रकम केही गन्तव्यको हकमा घटाएको छ भने केही गन्तव्यको यथावत् नै राखेको छ।
विभिन्न गन्तव्यबाट काठमाडौंसम्मको भाडादर (अमेरिकी डलरमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।