काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६ पुग्यो, शुक्रबार थपिएका ४४८ जनासहित संक्रमितको संख्या ५ हजार नाघ्यो । ( मृतकको संख्या १६ पुग्यो )
२) कोरोना रोकथाममा सरकार निष्प्रभावी भएको भन्दै देशका विभिन्न २५ स्थानमा युवाहरुले गरे विरोध प्रदर्शन, ‘इनफ इज इनफ’ समूहद्वारा असार ३ गतेसम्मको विरोध स्थल तय । ( देशव्यापी बन्दै सरकार विरोधी प्रदर्शन )
३) सामुदायिक विद्यालयको पूर्ण जिम्मा सरकारले नै लिनुपर्ने संसदीय समितिको भनाइ, एसइई स्थगित स्वागतयोग्य, बाल विकासमा कार्यरत शिक्षकलाई न्यूनतम तलब दिन सरकारलाई निर्देशन । ( सरकारलाई संसदीय समितिको निर्देशन )
४) जर्मन बुन्डेस लिगापछि युरोपका ठूला लिग फुटबल मध्ये दोस्रोमा ला लिगा पनि सुरु, पहिलो खेलमा सेभियाद्वारा रियल बेटिस २–० ले पराजित । ( फर्कियो ला लिगा )
५) र, अमेरिकामा कामबाट निकालिएर वेरोजगारी भत्ताको दावी गर्नेहरुको सङ्ख्या १५ लाख पुग्यो, श्रम विभागका अनुसार कामबाट निस्काशित हुनेहरुको सङ्ख्या अहिलेसम्मकै धेरै । ( अमेरकामा १५ लाख बेरोजगार )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।