काठमाडौं– नेपाली कांग्रेसले सडकको आवाज नसुने सरकार बदल्ने आन्दोलनको स्वरुप परिवर्तन हुने चेतावनी दिएको छ।
प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले शैली र चरित्र परिवर्तन नगरे सडकको आन्दोलनले सरकार परिवर्तन गर्ने मुद्धा उठाउने बताए। ट्विटमार्फत शर्मा भन्छन्, ‘सरकारले शैली र चरित्र नबदल्ने हो भने सरकार बदल्ने स्वरले आकार लिनेछ।’
केही दिनदेखि सरकारको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै देशका विभिन्न शहरमा विरोध प्रर्दशन गर्दै आएका छन्। विरोधमा उत्रनेलाई सरकारले कारबाही गर्ने जनाइसकेको छ। सडकमा आउनेलाई कारबाहीको चेतावनी दिनुअघि सरकारले आफ्नो समीक्षा गर्न शर्माले सुझाएका छन्। शर्मा भन्छन्, ‘आन्दोलन गर्नेलाई कारबाहीको चेतावनी होइन, प्रधानमन्त्रीज्यू आफैंलाई प्रश्न गर्नुहोस्।’
कोरोना परीक्षणको गतिमा सुस्तता र मेडिकल सामग्री खरिदमा भएको भ्रष्टाचारले जनताको धैर्यता टुट्दै गएको उल्लेख गरेका छन्। उनले भने, ‘परीक्षण सुस्ततादेखि कात्रोमा भ्रष्टाचारसम्मको प्रश्नले धैर्यको बाँध टुट्दैछ।’
युवाहरुले कोरोनाको डर मारेर सडकमा प्रर्दशन गर्न किन आतुर छन् भन्दै उनले सरकारी प्रभावकारीतामाथि प्रश्न उठाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।