काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुकुलो लकडाउनमा के गर्ने के नगर्ने भन्ने विषयमा नयाँ मापदण्ड जारी गरेको छ।
मन्त्रालयले हाल कायम रहेको लकडाउनलाई थप व्यवस्थित बनाउँदै दैनिक क्रियाकलापहरुलाई सञ्चालन गर्न जनस्वास्थ्यका मापदण्डमा प्रयोग गरी मुलुकलाई सामान्यीकरणमा लैजान सकिने जनाएको छ।
सरकारले लकडाउन खुकुलो बनाएपछि मन्त्रालयले नयाँ व्यवहारको पालना, जनस्वास्थ्यका उपाय, प्रयोगशाला तथा अस्पतालको सुदृढीकरण र संस्थागत तथा सामाजिक परिचालन गरी चार विषयलाई जोड दिएको छ।
सोसियल डिस्ट्न्यास, मास्क र स्यानीटाइज (एसएमएस) फर्मुलाका रुपमा २ मिटरको भौतिक दुरी कायम गर्ने, भीडभाडमा जाँदा मास्कको प्रयोग गर्ने र समयसमयमा हाल सफा गर्ने नवव्यवहार पालन गर्नुपर्ने जनाएको छ,
यस्तो छ मन्त्रलायले बनाएको नयाँ जनस्वास्थ्य मापदण्ड

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।