काठमाडौं- शुक्रबार नेपालमा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २४ महिला र ४२४ पुरुषमा कोरोना संक्रमण देखिएको हो।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए।
प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ। हालसम्म यसबाट संक्रमित भएर १५ जनाको भने यसबाटै मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।