काठमाडौं- नेपालमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेशका दुई जिल्लामा नयाँ संक्रमित फेला परेका हुन्।
प्रदेश अस्पताल‚ सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला‚ सुर्खेतमा गरिएको परीक्षणअनुसार सुर्खेत र दैलेखमा थप ८३ जना नयाँ संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ।
संक्रमितमध्ये ७ जना महिला रहेका छन् भने बाँकी संक्रमित पुरूष रहेको मन्त्रालयले जनाएको छ। योसँगै कर्णाली प्रदेशमा मात्र कोरोना संक्रमितको संख्या ८ सय ४६ पुगेको छ।
त्यसैगरी शुक्रबार दैलेख अस्पतालबाट २२ जना कोरोना उपचारपछि निको भई घर फर्केका छन्। योसँगै कर्णाली प्रदेशमा कोरोना निको भएर घर फर्कनेको संख्या ८२ पुगेको छ भने ३ जनाको मृत्यु भइसकेको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।