काठमाडौं- सरकारको कार्यशैली विरुद्ध स्वतस्फुर्त रुपमा सडकमा उत्रिएका युवाहरुकाे विरोध प्रदर्शन आज पनि जारी रहेकाे छ। कोरोना संक्रमणको रोकथाममा सरकार निष्प्रभावी भएको भन्दै युवाहरुले राजधानीका विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन्।

लकडाउनको अवधिमा सरकारको काम प्रभावकारी नदेखिएको युवाहरुले जनाएका छन्। सामाजिक सञ्जालको सहयोगमा एकत्रित भएका युवाहरुको प्रर्दशन फैलँदै धेरै जिल्लामा पुगिसेकेको छ।

स्वतस्फूर्त रुपमा सडकमा निस्केका युवाहरुले कोरोना परीक्षणका लागि पिसिआर परीक्षणको माग गरेका छन्। अविश्वासी आरडीटी परीक्षण रोक्न उनीहरुको माग छ।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।