काठमाडौं- सर्वाधिक संक्रमण फैलिएका देशको सूचीमा भारत चौथो स्थानमा उक्लिएको छ। उसले बेलायतमा पछि पार्दै चौथो स्थानमा उक्लिएको हो।
सूचीको पहिलो नम्बरमा अमेरिका छ। त्यसपछि ब्राजिल र रुस छन्।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ९७ हजार ५ सय ३५ पुगेको छ।
भारतमा ८ हजार ४ सय ९८ कोरोना संक्रमितको मृत्यु भएको छ। त्यहाँ १ लाख ४७ हजार १ सय ९५ जना संक्रमणमुक्त भएका छन्।
यसैबीच, विश्वभर ७५ लाख १४ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ४ लाख २१ हजार ४ सय ५८ जनाको मृत्यु भएको छ भने ३५ लाख ४० हजार ६ सय ९६ जना संक्रमणमुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।