धनगढी- धनगढीमा रहेको एनआइसी एसिया बैंकको प्रादेशिक कार्यालयमा रहेको एटिएममा बिहीबार राति तोडफोड भएको छ।
धनगढी चौराहमा रहेको प्रादेशिक कार्यालयको एटिएम बिहीबार राति १२ बजे तोडिएको बैंकमा रहेको सिसिटिभिमा देखिएको छ।
प्रहरीका अनुसार मास्क लगाएको र हातमा पहेलो कलरको घडी लगाएको व्यक्तिले राती १२ बजे सिसिटिभी उल्टो फर्काएको देखिएको छ।
त्यसपछि एटिएम तोडिएको छ। प्रहरी घटनास्थल पुगेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयबाट प्रहरी टोली त्यहाँ पुगेको हो।
एटिएममा के कति पैसा थियो र कति चोरी भयो भन्ने बारेमा विस्तृत विवरण उपलब्ध भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।