काठमाडौं- कोरोना भाइरस संक्रमण न्यूनीकरण र जोखिम रोकथामका लागि लकडाउन गरेको अवधिमा नेपालमा विभिन्न देशबाट २ लाख ९१ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ। भन्सार विभागका अनुसार भारतसहितका विभिन्न देशबाट यो परिमाणमा खाद्यान्न आयात भएको हो।
चैत ११ गतेदेखि जेठ २९ गतेसम्ममा ९६ हजार २५ मेट्रिक टन तरकारी आयात भएको छ। यसैगरी यो अवधिमा ३९ हजार ९० मेट्रिक टन फलफूल आयात भएको छ।
नेपालमा चैतको ११ गतेदेखि लागू गरिएको लकडाउन जेठ ३२ गतेसम्मका लागि कायम गरिएको छ।
विभागले दिएको जानकारीअनुसार दलहन वस्तु ७४ हजार २ सय ३३ मेट्रिक टन आयात भएको छ। नेपालमा ब्राजिलबाट यस्ता वस्तु आइपुग्छन्।
विभागले उपलब्ध गराएको तथ्यांकअनुसार ११ हजार ४ सय मेट्रिक टन दूधजन्य वस्तुको आयात भएको छ।
लकडाउनको अवधिमा नेपालमा १ खर्ब २५ अर्ब ६८ करोड रूपैयाँको वस्तु आयात भएको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।