प्रतीकात्मक फोटो
काठमाडौं- काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत एक सैनिकले गोली हानी आत्महत्या गरेका छन्।
दुर्गाबक्स गण नारायणहिटी दरबन्दी भई छाउनी अस्पतालमा मेडिकल कोर्स गरिरहेका एक प्युठले आत्महत्या गरेका हुन्।
सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पान्डेले आत्महत्याको पुष्टि गरेका छन्।
बिहीबार बेलुका ९ - १२ बजेको ड्युटी सकेर पालो परिवर्तन गर्ने बेलामा एसएलआर राइफलबाट आफैंलाई गोली हानी आत्महत्या गरेको पाण्डले बताए।
(विस्तृत विवरण आउन बाँकी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।