प्रतीकात्मक फोटो
काठमाडौं- नेपालमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेशका चार जिल्लामा नयाँ संक्रमित फेला परेका हुन्।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा शुक्रबार बिहान ६:१५ बजे जारी सूचना अनुसार पर्वतमा १३ जना, स्याङ्जामा २२ जना, तनहुँमा १ जना, नवलपरासी पूर्वमा १ जनामा संक्रमण पुष्टि भएको हो। उनीहरु सबै पुरुष रहेको सूचनामा उल्लेख छ।
योसँगै गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ। नेपालभर संक्रमितको संख्या ४६ सय ५१ पुगेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।