काठमाडौं- कोरोना रोकथाम तथा नियन्त्रण र उपचारका लागि सरकारले विभिन्न समयमा खरिद गरिरहेको मेडिकल सामग्रीलाई लिएर गुणस्तरको विषय प्रश्न खडा भइरहेको थियो। बारम्बार गुणस्तरमाथि प्रश्न उठेकै बेला स्वास्थ्य सेवा विभागले पुनः १ लाख ७० हजार गुणस्तहीन भिटिएम खरिदका लागि बिहीबार जनमुक्त हेल्थ इन्टरप्राइजेजसँग गर्नै लागेको सम्झौता उल्टाउन लागेको विभाग स्रोतले जानकारी दिएको छ।
कम रकम कबुल गर्दै गुणस्तरहीन सामान दिन लागेको सूचना बाहिरिएसँगै विभागले उक्त कम्पनीलाई प्रक्रियाबाट हटाउने तयारी गरेको हो।
विभागले खरिद गर्न लागेको भिटिएमको टेन्डरमा २० वटा कम्पनीले प्रस्ताव पेस गरेका थिए।
भिटिएम भनेको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाउन प्रयोग गर्ने मेडिकल सामान हो। यसलाई एक प्रकारको किट (बट्टा) भनेर बुझ्दा पनि हुन्छ। यसको काम प्रयोगशालासम्म पुर्याउँदा भाइरस नमरोस् र संक्रमण नफैलियोस् भन्ने नै हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।