धनगढी- कैलालीमा धारिलो हतियार (हँसिया) प्रहार गरी ज्यान मार्न खोज्ने तीन जना पक्राउ परेका छन्। कैलालीको गौरीगंगा नगरपालिका- ६ कठौती बस्ने २२ वर्षीय प्रकाश शाह, २३ वर्षीय बेजन बिक र गोदावरी नगरपालिका- ९ बस्ने ऋषी भन्ने दिपक राज जोशीलाई प्रहरीले पक्राउ गरेको हो।
मंगलबार गौरीगंगा नगरपालीका- ६ बस्ने दिपक खडकालाई उनीहरुले राती घरमा सुतिरहेको अवस्थामा घरबाट बोलाई कुटपिट गरी ज्यान मार्ने धम्की दिएका थिए। उनीहरुले गौरीगंगा कठौतीस्थित मेहन्द्र राजमार्गमा लगी कुटपिट गरी ज्यान मार्ने उद्देश्यले धारिलो हतियार (हँसिया) प्रहार गरेको प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।
उनीहरूको प्रहारबाट खड्काको टाउकोको पछाडि भागमा गहिरो चोट लागि गम्भीर घाइते भएको जनाइएको छ।
पक्राउ परेका युवाहरुमाथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान भइरहेको प्रवक्ता विष्टले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।