फाइल फोटो
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो कार्यसमिति विस्तार गरेको छ।
राप्रपाको विधान अनुरुप तीनै जना अध्यक्षको सहमतिमा कार्यसमिति विस्तार गरिएको हो।
पहिलो चरणमा ३ सय २७ जनाको केन्द्रीय कार्यसमिति, ८२ जनाको कार्यसम्पादन समिति, १३ जनाको सचिवालय कार्यव्यवस्था समिति गठन गरिएको राप्रपाले जनाएको छ।
उच्चस्तरीय केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा वरिष्ठ नेता विश्वबन्धु थापा नियुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।