काठमाडौं- कुवेतमा आममाफी पाएका नेपाली महिलालाई लिएर उडेका दुई जहाजमध्ये पहिलो जहाज काठमाडौं आइपुगेको छ।
कुवेतको स्थानीय समयअनुसार बिहान ४ बजे उडेको जजिरा एयरवेजको उडान नम्बर जे९–१५४१ जहाज काठमाडौं आइपुगेको हो।
अर्को जहाज साढे १ बजेभित्र आइपुग्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। दुई जहाजमा गरेर जम्मा ३ सय आममाफी पाएका महिला रहेको दूतावासले जनाएको छ।
कुवेतमा आममाफी पाएकालाई पहिलो चरणमा स्वदेश फिर्तीको अनुमति दिइएको छ। पहिलो चरणमा कुवेतबाट स्वदेश फर्कन २ हजार ९ सय ९१ जनाले प्राथमिकता पाएका छन्।
उनीहरुलाई दैनिक दुई वटा उडानमार्फत कुवेतले काठमाडौं ल्याइदिने उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।