काठमाडौं- आममाफी पाएका नेपाली लिएर जजिरा एयरवेजका दुवै जहाज कुवेतबाट काठमाडौंका लागि उडेका छन्।
स्रोतका अनुसार उडान नम्बर जे९-१५४१ त्यहाँको स्थानीय समयअनुसार बिहान ४ बजे र जे९–१५४३ बिहान ६ बजे काठमाडौंका लागि उडेका हुन्।
कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीका अनुसार ती दुई उडानमार्फत आममाफी पाएका ३ सय नेपाली महिला नेपाल आउँदै छन्।
उनीहरु कुवेतमा अवैध रुपमा रहँदै आएर आममाफी पाएका महिला हुन्। कुवेतले अवैध रुपमा रहँदै आएका झण्डै ३ हजार नेपालीलाई आममाफी दिएको छ।
कुवेत सरकारले उनीहरुलाई आफ्नै खर्चमा विमान चार्टरमार्फत नेपाल ल्याइदिने छ। दैनिक नियमित २ उडानमार्फत उनीहरुलाई स्वदेश फर्काइने स्रोतको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।