• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आफैंले गरेको निर्णय मिच्दै प्रदेश सरकार

64x64
शेरबहादुर ऐर बिहीबार, जेठ २९, २०७७  ११:१७
1140x725

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका साथै उपचारसहित व्यवस्थापनका लागि चालु आर्थिक वर्ष २०७६/०७७ को बजेटमा उल्लेखित केही कार्यक्रम रोक्का गर्ने निर्णय गरे पनि आफैंले उल्लंघन गरेको छ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रण लागि केही बजेट शीर्षक रोक्का गर्ने परिपत्र गरेको एक महिनापछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बजेट रोक्का गरिएको बजेट शीर्षकबाटै खर्च गर्ने तयारी गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ‘प्रदेश र स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत प्रादेशिक कार्यान्वयन इकाइका लागि विद्युतीय औजार उपकरण खरिद गर्नुपर्ने’ भन्दै बुधबार स्थानीय पत्रिकामार्फत शिलबन्दी दरभाउपत्र आह्वान गरेको छ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले एक महिनाअघि गरेको परिपत्रमा पुँजीगततर्फको सवारी साधन, मेशिनरी तथा औजार, फर्निचर तथा फिक्चर्स, कम्प्यूटर सफ्टवेयर निर्माण तथा खरिद खर्च एवं बौद्धिक सम्पत्ती प्राप्ती खर्च, पुँजीगत अनुसन्धान तथा परामर्श, भैपरी आउने पुँजीगत खर्च रोक्का गरेको उल्लेख छ।

मुख्यमन्त्री कार्यालयले पुँजीगततर्फको ‘कम्प्यूटर सफ्टवेयर निर्माण तथा खरिद खर्च एवं अन्य बौद्धिक सम्पत्ती प्राप्ती खर्च’ अन्तर्गत विद्युतीय औजार उपकरण खरिद गर्न लागेको हो। कार्यालयले जारी गरेको सूचनामा आपुर्ति गर्नुपर्ने सेवाको विवरणमा ‘विद्युतीय सामग्रीहरू (ल्यापटप, डेस्कटप कम्प्यूटर, प्रोजेक्टर, स्मार्ट टेलिभिजन, हार्ड डिस्क)’ उल्लेख छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले के कति थान विद्युतीय सामग्रीहरू खरिद गर्न लागेको हो भन्नेबारे भन्न नमिल्ने प्रतिक्रिया दिएको छ। मन्त्रालयका सूचना अधिकारी जगदिश जोशीले भने– दायित्व सिर्जना भई आएकाको हकमा मन्त्रालयले पठाएको बजेट रोक्काको परिपत्रले अप्ठ्यारो गर्दैन। हामीले अहिले खरिद गर्न पाउँछौं।

सुदूरपश्चिम प्रदेशमा अहिले भारतबाट फर्केका नेपालीहरू विभिन्न क्वारेन्टाइनमा छन । सम्बन्धित स्थानीय तहलाई अहिले क्वारेन्टाइन व्यवस्थापन गर्न, क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाई खानाको व्यवस्था गर्न समस्या भइरहेको छ। क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको आरडिटी तथा पिसिआर परिक्षण पनि राम्रोसँग हुन सकेको छैन। सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले सदनमा विकास तथा अन्य शीर्षकका बजेटलाई रोकेर कोरोना नियन्त्रण तथा रोकथाममा लगाउन माग गरिरहेका छन्।

Ncell 2
Ncell 2

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमात्र होइन सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयमातहत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले पनि रोक्का शिर्षककै पुँजीगततर्फको बजेटबाट सवारी साधन खरिद प्रक्रिया अघि बढाएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार स्थानीय पत्रिकामा ‘क्याटलग सपिङ विधिबाट मोटरसाइकल खरिद सम्बन्धी’ सूचना प्रकाशित गरेको छ।

निर्देशनालयले जारी गरेको सो सूचनामा एक सय ५५ सीसीको पाँच थान मोटरसाइकल आवश्यक रहेको उल्लेख छ। सूचनामा ‘कच्ची बाटोमा पनि एक सय २५ किलोभन्दा माथिको तौल थेग्न सक्ने, न्यूनतमा १२ एचपी पावर, न्यूनतम एक सय ६० मिलिमिटर जमिन माथि भएको र एक वर्ष वारेन्टी भएको हुनुपर्ने’ उल्लेख छ।

निर्देशनालयले आह्वान गरेको सूचनामा १० दिनभित्र आधिकारिक विक्रेताले आफनो फर्मको दर्ता, भ्याट दर्ता, एजेन्सी दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र पेश गर्नुपर्ने जनाएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले मन्त्रालयको स्वीकृतिमा अहिले मोटरसाईकल खरिद प्रक्रिया अघि बढाएको बताए। उनले सवारी साधन अन्तर्गत मोटरसाइकल नपर्ने दाबी गरे।

जथाभावी खर्च नगर– प्रदेश सभा सदस्य
सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले प्रदेश सभा बैठकमा सरकारलाई जथाभावी खर्च गर्नुभन्दा कोरोना रोकथाम तथा नियन्त्रणमा जोड दिन माग दोहोर्‍याइहेका छन्।

प्रदेश सभा सदस्य पूर्णा जोशीले प्रदेशका क्वारेन्टाइनहरू व्यवस्थित नभएकोले अब ‘होम क्वारेन्टाइन’ मै जोड दिनुपर्ने सदनमा बताइन्। उनले प्रदेश सरकारले क्वारेन्टाइन व्यवस्थित गर्न नसकेपछि होम क्वारेन्टिनमा राख्नु उचित हुने धारणा राख्दै आएकी छिन्।

प्रदेश सभा सदस्य भरतबहादुर खड्काले प्रदेश सरकार कोरोना नियन्त्रण तथा रोकथाम गर्ने भन्दा पनि मिल्न सक्ने बजेट खर्च गर्न र अन्य बजेट फ्रिज गर्नतर्फ बढी केन्द्रीत भएको आरोप लगाएका छन्।

उनले सुदूरपश्चिम प्रदेश सरकारले अहिले अनुदान, भवन मर्मत लगायतका शिर्षकका बजेट खर्च गर्नमा बढी ध्यान दिइरहेको आरोप लगाए।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले चालू तर्फको सात र पुँजीगततर्फको ६ वटा शिर्षकहरूको बजेट रोक्का गरेको छ। सोही अनुसार सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले पनि प्रदेशका मन्त्रालयहरूलाई ती शीर्षकका बजेट रोक्का गर्न परिपत्र गरेको थियो।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७  ११:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
बर्दिया १ बाट चुनाव लड्ने तयारीमा बामदेव गौतम राष्ट्रिय सभा सदस्यबाट आइतबार राजीनामा दिन शनिबार नै काठमाडौँ फर्किन लागेको उनले बताएका छन् । शनिबार, माघ ३, २०८२
सुरु भयो एमाले सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको हो। शनिबार, माघ ३, २०८२
शेरबहादुर देउवाको अभिभावकत्व खोजेको छौँ : सभापति थापा नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि आज केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि सञ्चारकर्मीसँग कुर... शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
बर्दिया १ बाट चुनाव लड्ने तयारीमा बामदेव गौतम शनिबार, माघ ३, २०८२
सुरु भयो एमाले सचिवालय बैठक शनिबार, माघ ३, २०८२
शेरबहादुर देउवाको अभिभावकत्व खोजेको छौँ : सभापति थापा शनिबार, माघ ३, २०८२
दक्षिणी अफ्रिकामा भीषण वर्षा र बाढी: १०० भन्दा बढीको मृत्यु शनिबार, माघ ३, २०८२
‘काँग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँ’ : सभापति थापा शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्