काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) संसदमा प्रधानमन्त्री ओलीको संशोधन, सेनाले विगतमा पनि सामान खरिद गरेको र अहिले पनि गरिरहेको भनाइ, १० अर्बको हिसाब माग्नेलाई दिनैपिच्छे लेखा परीक्षण नहुने जवाफ । (संसदमा प्रधानमन्त्रीको संशोधन)
२) नेपालमा थप २७९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि, संक्रमितको संख्या ४ हजार ३६४ पुग्यो, हालसम्म ६७४ जना उपचारपछि निको । ( कोरोना संक्रमित ४३६४ पुगे )
३) सेनाले जिटुजीमार्फत् किनेका मेडिकल सामग्रीमा एक अर्बभन्दा बढी घोटाला, हाल नेपाली बजारमा उपलब्ध हुने मूल्यभन्दा सेनाले ३ गुणासम्म बढी रकम तिरेको खुलासा । ( मेडिकल सामग्रीमा खरिदमा सेनाद्वारा घोटाला )
४) मे ३० मा इस्तानबुलमा हुने भनिएको च्याम्पियन्स लिगका अन्तिम आठ खेल पोर्चुगलमा गर्ने तयारी, २७ मे मा पोल्याण्डमा तय भएको युरोपा लिगको फाइनल पनि स¥यो । (च्याम्पियन्स लिग पोर्चुगलमा गर्ने तयारी)
५) र, कोरोना भाइरसको दोस्रो लहरको संक्रमण जोखिम रहेको चीनको दाबी, आगामी जाडो मौसममा फेरि संक्रमितको संख्या बढ्नसक्ने श्वासप्रश्वास विशेषज्ञ वाङ्को संकेत । (कोरोनाको जोखिम कायमै)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।