काठमाडौं- नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले सरकारले क्वारेन्टाइनमा बसेकालाई पिसिआर परीक्षण नगर्दा संक्रमितको संख्या बढेको बताएका छन्। बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै सिंहले क्वारेटाइनमा बसेकालाई पिसिआर परीक्षण नगर्दा महामारीको रुपमा फैलिन सक्ने भन्दै ध्यानाकर्षण गराएका हुन्।
क्वारेन्टाइनमा बसेका सबै नागरिकको पिसिआर परीक्षण गरेरमात्रै घर पठाउन सिंहले माग गरेका छन्। सेनालाई मेडिकल सामग्री खरिद गर्न जिम्मा दिँदा बजार मूल्यभन्दा चर्को मूल्यमा खरिद गरेको भन्दै सिंहले छानबिन गरी कारवाही गर्न माग गरेका छन्।
लकडाउनयता एक हजारभन्दा धेरै जनाले आत्महत्या गरेको भन्दै त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने विज्ञप्तिमा उल्लेख छ। यस्तै सरकारले एमसिसी संसदबाट पारित गर्न योजनाबद्ध रुपमा लागेको बताउँदै सिंहले सडकमा भइरहेको आन्दोलनको समेत ऐक्यबद्धता जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।