• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर ९, २०८३ Wed, Nov 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकारलाई ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेसले भन्यो- सरकारी असक्षमताले कोरोनाबाट बढी क्षति

64x64
नेपाल लाइभ बुधबार, जेठ २८, २०७७  १५:३७
1140x725
तस्बिर : सूर्य थापा

काठमाडौं-सरकारको अकर्मण्यताले कोरोना संक्रमण विरुद्धको लडाईमा अनपेक्षित क्षति ब्यहोर्नु परेको कांग्रेसले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेसले लकडाउनको समयमा सरकारले असक्षमता र असंवेदनशीलता प्रर्दशन गरेको आरोप लगाएको छ।

कोरोना संक्रमणका लागि सरकारले समयमा सामग्रीको आपूर्ति नगरेको जनाएको छ। भरपर्दो नदेखिएको अविश्वसनीय परिणाम आउने र्‍यापिड टेस्टको प्रयोग प्रति कांग्रेसले आपत्ति जनाएको छ।

क्वारेन्टाइनको भौतिक व्यवस्थापन नभएको जनाइएको छ। ‘देशभरिनै क्वारेन्टाईन साह्रै अव्यवस्थित छन। क्वारेन्टीनको उचित व्यवस्थापन नभएका कारण क्वारेन्टाईनबाट नै संक्रमण फैलिरहेको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ।

राष्ट्रिय विपतिको समयमा पटक पटक अनियमितता भएको भन्दै सरकारको आलोचना गरिएको छ। कोरोना संक्रमण रोकथामका लागि सरकारले दश अर्ब खर्च भएको सार्वजनिक गरेपनि खर्च अनुसार प्रभावकारिता नदेखिएको जनाइएको छ।

पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री ओलीलाई बुधबार बिहान ध्यानाकर्षण पत्र बुझाइएको थियो। नेता पाैडेलका साथमा  गाेपालमान श्रेष्ठ, डा.प्रकाशशरण महत, बालकृष्ण खाँड र रमेश लेखक पनि बालुवाटार पुगेका थिए।

ध्यानाकर्षण पत्र जस्ताको त्यस्तै

सम्माननीय प्रधानमन्त्रीज्यू,
नेपाल सरकार।

                                       विषय: ध्यानाकर्षण सम्बन्धमा।

Ncell 2
Ncell 2
nimb
nimb

महोदय,
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मिति २०७७ साल जेठ २६ गते पार्टी सभापति मा. शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले नेपालमा कोभिड १९ को महामारी, त्यसबाट उत्पन्न परिस्थिति, तत्कालिन एवं दीर्घकालिन प्रभाव र नेपाल सरकारको भूमिका र तत्काल गर्नु पर्ने कार्य बारे गहन छलफल गरि महत्वपूर्ण निर्णयहरु गरेको छ। सोहि बैठकको निर्णय अनुसार नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहन्छु।

१. नेपालमा २०७६ साल माघ ९ गते कोभिड १९ को पहिलो संक्रमित व्यक्ति फेला परेको हो। सरकारी तथ्याङ्क अनुसार आज सम्म नेपालमा कोभिड १९ को कारण १५ (पन्ध्र) जना नेपालीको मृत्यु भैसकेको छ। देशभरिमा ४,०८५ (चार हजार पचासी) जना संक्रमित छन्। १,६५,७७५ (एक लाख पैसठ्ठी हजार सात हजार पचहत्तर) मानिस क्वारेन्टीनमा छन। कोभिड १९ कै कारणले उत्पन्न परिस्थितिमा कैयन नागरिकहरुले अन्य रोग, भोक, मानसिक तनावले जीवन गुमाइसकेका छन्। नेपाल बाहिर पनि विदेशमा विभिन्न मुलुकमा नेपाली नागरिको मृत्यु भएका र संक्रमित भएका छन। कोभिड १९ को संक्रमणबाट ज्यान गुमाउनु हुने सबै नेपाली दाजुभाइ–दिदिबहिनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। संक्रमित सबैमा शिघ्र स्वास्थलाभको कामना गर्दछौं।

२. हाम्रो पार्टीको आब्हानमा नेपाली कांग्रेसका नेता, पार्टी सदस्य, भातृ एवं शुभेच्छुक संस्थाका साथी तथा सबै शुभेच्छुकहरु देशभरिनै आ–आफ्ना ठाँउबाट कोभिड १९ विरुद्धको लडाईमा क्रियाशिलतापूर्वक काम गरिरहेका छन। विदेशमा पनि नेपाली जनसम्पर्क समिति र अन्य शुभेच्छुक साथीहरु जोखिम मोल्दै अहोरात्र खटिई काम गरिरहेका छन। यो कार्य निरन्तर जारी रहने छ।

३. नेपाली कांग्रेसले प्रारम्भ देखिनै कोभिड १९ को जोखिम, यसबाट उत्पन्न हुने तत्कालिन एवं दीर्घकालिन नकारात्मक प्रभाव, यस विपद्वाट उत्पन्न समस्यालाई न्यूनिकरण गर्ने र देश र जनतालाई जोगाउने उपाय बारे सुक्ष्म रुपले अध्ययन र विश्लेषण गर्दै कोभिड १९ विरुद्धको लडाईमा सरकार लगाायत सबैलाई सदैव साथ सहयोग दिने र सबै नेपाली एकताबद्ध भई यो विपद्का विरुद्धमा लड्ने हाम्रो प्रतिवद्धता रहि आएको छ। नेपाली कांग्रेसले सदासयतापूर्ण तवरले काम गर्दै सरकारलाई निरन्तर सुझाव दिई रहेको तपाईलाई स्मरण गराउन चाहन्छौं।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

४. नेपाली कांग्रेसको निरन्तरको सहयोग, संचार माध्यम, नागरिक समाज र आम जनताको साथले सृजना गरेको अनुकूलताको वावजुद पनि सरकारको अकर्मण्यता, असक्षमता, असंवेदनशीलताको कारण कोरोना संक्रमण विरुद्धको लडाईमा अनपेक्षित क्षति वेहोर्न परेको छ। हाम्रो सुझावलाई मनन् गरेर समयमा उपयुक्त कदमहरु चालिएको भए यस्तो अवस्था कदाचित हुने थिएन।

५. समयमा सामग्रीको आपुर्ति गरिएन। विश्वब्यापी रुपमै भरपर्दो नदेखिएको अविश्वसनीय परिणाम आउने र्‍यापिड टेस्ट अहिलेसम्म भईरहेको छ। पिसिआर विधिवाट अत्यन्त न्यून (जम्मा ०.३२ प्रतिशत मात्र) परिक्षण भएको छ। देशभरिनै क्वारेन्टाईन साह्रै अव्यवस्थित छन। क्वारेन्टीनको उचित व्यवस्थापन नभएका कारण क्वारेन्टाईनबाट नै संक्रमण फैलिरहेको छ। क्वारेन्टाईनमा नै मानिसहरुको मृत्यु भएको छ। मृत्युपछि र दाहसंस्कार गरिसकेपछि कोभिड १९ पोजिटिभ देखिने गरेका घटनाले परिक्षणको दयनीय अवस्थालाई उजागर गरेको छ। क्वारेन्टाइनमा दिनानुदिन मानिसको संख्या बढिरहेको छ तर किट र प्रयोगशालाको अभावमा परिक्षणको गति शून्य प्रायः छ। फलतः संक्रमितको एकिन संख्याको जानकारीे छैन। कतिपय स्थानमा अहिले स्वाव लिने काम पनि बन्द गरिएको छ। लामो समयसम्म स्वावलाई प्रयोगशालामा राखी ढिलो गरी परिक्षण गर्ने कामले सही परिणाम नआउने खतरा छ। सरकारले मिति २०७७।०२।२० गते कोभिड १९ बारे जारी गरेको राष्ट्रिय परिक्षण निर्देशिकामा पोजिटिभ केसहरुलाई सिमटम फ्री भएको तीन दिन र जम्मा १४ दिनको भर्ना, आईसोलेसनपछि टेष्टनै नगरि डिस्चार्ज गर्ने अत्यन्त गैर जिम्मेवार नीति लिएको छ। यो सरकारको जनताका स्वास्थ प्रतिको असंवेदनशीलताको हो। आवश्यकताको आधारमा न्यायपूर्ण ढंगले राहतको वितरण भएन।

६. सरकारले लक डाउनलाई ठिक ढगंले उपयोग गरेन। यस बीचमा सरकारले अस्पतालको क्षमता, गुणस्तर वृद्धि गर्ने तर्फ पटक्कै ध्यान दिएन। संक्रमितहरुलाई अस्पतालमा राखेर उपचार गर्न नसक्ने अवस्था सिर्जना हुँदैछ। कोभिड १९ बाहेकका मुटु, क्यान्सर, फोक्सो, मृगौला, गर्भावस्थामा रहेका महिलाहरुको, चोट पटक लाग्ने लगायतका विभिन्न विरामीहरुको स्वास्थ्य उपचारको उचित व्यवस्थापन हुन सकेको छैन। सरकारी अस्पतालहरु यसमा सक्षम देखिएका छैनन्। निजी अस्पतालहरुलाई पनि सरकारले उचित समन्वय गरी सेवा उपलब्ध गराउन सकेको छैन।

७. राष्ट्रिय विपतिको यस्तो अवस्थामा स्वास्थ्य सामग्री खरीदमा पटक पटक अनियमितता तथा भ्रष्टाचार भएको घटनाले सबै नागरिकलाई स्तब्ध बनाएको छ। कमीसनको कारणले सामग्री आपूर्तिमा ढिलो भएको छ। सरकारले दश अर्ब खर्च भएको भनेको तर सो अनुसार काम देखिएको छैन।

८. स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी र पत्रकारहरु अग्रपंक्तिमा रहेर आफ्नो कार्य सम्पादन गरिरहेका मानिसहरुको न व्यक्तिगत सुरक्षाको उचित प्रबन्ध छ न उनीहरुलाई प्रोत्साहित गर्ने कुनै नीति, योजना छ।

९. भारतबाट आएका मानिसलाई समयमा नै परिक्षण गरि सुरक्षित ढंगले घर पुर्‍याउनु पर्दथ्यो। सरकारले दुबै देशबिच आ–आफ्नो देशमा प्रवन्ध गरेर राख्ने व्यवस्था भएको छ भनि भ्रामक कुरा गर्‍यो। विभिन्न देशमा नेपाली दिदीबहिनी–दाजुभाइहरु विचल्लीमा परेका छन्। विदेशमा विविध कारणले जीवन गुमाएका नेपालीको शव ल्याउन नसक्दा परिवारजनले असिम पीडा भोगिरहेका छन्। विदेशमा समस्यामा रहेका नेपाली नागरिकको उद्धार गर्ने काम भएको छैन।

१०. साना ठूला हजारौं उद्योग व्यवसाय बन्द छन्। लाखौं श्रमिक र साना उद्यमी व्यवसायी वेरोजगार भएका छन्। विदेशबाट लाखौं नेपाली फर्किदै छन्। नागरिकहरुको आर्थिक अवस्था नाजुक भएको छ। उद्योग व्यवसाय तथा कृषि क्षेत्रलाई चलाएमान गर्न र नागरिकको जीवनमा आएको आर्थिक संकटलाई कम गर्न सरकार गम्भीर भएको छैन।

११. कोरोना महामारीको निवारण र नियन्त्रणको सन्दर्भमा सरकारको यति दिनको रवैया हेर्दा यो दुःख र पीडाको घडीमा सरकार जनताको साथमा देखिएको छैन। समग्रमा नेपाल सरकार कोभिड १९ को जोखिमपूर्ण अवस्थामा जिम्मेवार, संवेदनशील, गम्भीर र सक्षम हुन सकेको छैन। प्रमुख प्रतिपक्ष र अन्य सबैको निरन्तरको साथ र सुझावका बावजुद सरकार कोरोना विरुद्धको संघर्षको सक्षम ढंगले नेतृत्व गर्न, कोभिड १९ को महामारी नियन्त्रण गर्न र देश र जनतालाई विपद्वाट सुरक्षित राख्न पूर्ण रुपले असफल भएकोे छ।

१२. हामी सरकारसंग कोभिड १९ को प्रकोप नियन्त्रण गरि देश र जनतालाई विपद्बाट जोगाउन तत्काल निम्न लिखित कार्य गर्न पुनः माग गर्दछौं।

(क) सामग्रीको आपूर्ति: कोभिड १९ को नियन्त्रण र जनताको स्वास्थ्य सुरक्षाको लागि आवश्यक पर्ने सबै सामग्रीको तत्काल आपूर्ति गरियोस्। पिसिआर परिक्षणको दायरा विस्तारसँगै यसको क्षमता अभिवृद्धि गर्न आवश्यक किट, उपकरण, जनशक्ति र अन्य लजिस्टिक आवश्यकताको अविलम्व व्यवस्था गरियोस्।

(ख) क्वारेन्टाइन व्यवस्थापनः मापदण्ड अनुसार क्वारेन्टाइनको उचित व्यवस्थापन र संचालन गरी पिउने पानी, खाना, सुरक्षित दूरी सहित बस्ने व्यवस्था, शौचालय, उमेर र स्वास्थ्य अवस्थाको अभिलेख तथा नियमित स्वास्थ्य निगरानी, आवश्यक औषधी, एम्बुलेन्स, परिक्षण तथा नियमित परामर्शको व्यवस्था गरियोस्। क्वारेन्टाइन संचालन गर्न स्थानीय सरकारलाई आवश्यक आर्थिक र प्राविधिक स्रोत तत्काल उपलब्ध गरियोस्। सरकारले राजनीतिक आस्था र आग्रहका आधारमा स्थानिय तहलाई हेरि रहेको छ। यस्ता कार्य तत्काल बन्द गरियोस्।

(ग) परिक्षण: विश्वसनिय प्रविधिवाट बढी भन्दा बढी नागरिको परिक्षणको व्यवस्था गरियोस्। पिसीआर परिक्षण गर्नु पर्नेको दायरा विस्तार गरी क्वारेन्टाइनमा राखिएका सबैलाई पीसिआर विधिबाट परिक्षण गरे पश्चात मात्र घर पठाउने, मृत्यु भएका व्यक्तिको शवको अनिवार्य स्वाव परिक्षण गर्ने, आइसोलेसनमा रहेका व्यक्तिको परिक्षण गरेर मात्र डिस्चार्ज गर्ने व्यवस्था गरियोस्।

(घ) अस्पतालको व्यवस्थापन: कोरोना संक्रमणको उपचारका लागि डेडिकेटेड अस्पताललाई आवश्यक उपकरण, सामग्री, औषधी, स्वास्थ्यकर्मीको सुरक्षा सामग्री, आइसोलेसन बेड र जनशक्तिको व्यवस्था अविलम्व गरियोस्। अन्य रोगका सम्बन्धमा सबै सेवा विना अवरोध पाउने सुनिश्चिता गरियोस्। लकडाउनको अवधिमा सयकडौं मानिसहरुले आत्महत्या गरेका छन्। यसले नागरिकको राज्यका प्रति चरम निराशा देखाउँछ। यस्ता समस्याको समाधानका लागि सरकारले आवश्यक कार्य गरोस्।

(ङ) भ्रष्टाचार अनियमितता होईन पारदर्शिता: राष्ट्र विपतमा रहेको बेला स्वास्थ्य सामग्री खरीद जस्तो विषयमा निरन्तर भ्रष्टाचार कमीसनको जालो भइरहनु निर्लज्ताको पराकाष्ठा हो। सरकार कोभिड १९ नियन्त्रण गर्ने कार्यका लागि १० अर्ब खर्च भएको भनिरहेको छ। त्यो खर्चको सम्पूर्ण विवरण सार्वजनिक गरियोस्। हालसालै पनि स्वास्थ्य सामग्री खरीदमा अनियमितता भएको विषय सार्वजनिक भएको छ। यी सबै भ्रष्टाचार, अनियमीतता बारे छानबिन गरीे तत्काल सार्वजनिक रुपमा जानकारी गरियोस्।

(च) राहत वितरण: राहत दिनु पर्ने श्रमिक, बेरोजगार, विद्यार्थी, अपांगता भएका नागरिक र एकल महिला लगायतलाई न्यायोचित ढंगले राहत वितरण गरिने व्यवस्था गरियोस्। राहतका खाद्य सामग्रीको गुणस्तर कायम गरियोस् र राहतको वितरण भनसुन र राजनीतिक आग्रहका आधारमा गरिने काम बन्द गरियोस्।

(छ) विदेशवाट नागरिकको उद्धार: विदेशमा विचल्लीमा परि घर आउन चाहने नेपालीहरुलाई सुरक्षित तवरले मर्यादापूर्वक अविलम्व स्वदेश ल्याउने व्यवस्था गरियोस्। विदेशमा विविध कारणले जीवन गुमाएका नेपालीको शव ल्याउन आवश्यक काम होस्।

(ज) रोजगारी: देश भित्र र बाहिर लाखौं नेपालीहरुले रोजगारी गुमाएको वर्तमान अवस्थामा देशमा व्यापक रोजगारीको सिर्जना गर्न आवश्यक छ। संसद कोष, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, राष्ट्रपति शिक्षा जस्ता कार्यक्रम हटाएर पालिकास्तरमा उत्पादनमुखी रोजगारीको व्यवस्था गर्न निर्देशिका सहित पालिकामा पठाईयोस्।

(झ) कृषि र खाद्य सुरक्षा: अहिलेको विपद्ले खाद्य अभाव भई भोकमरीको संकट आउन सक्दछ। जीवन निर्वाहको चुनौतिबाट गुज्रिरहेको वर्तमान अवस्थामा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु आजको आवश्यकता हो। बीउ विजन र रासायनिक मलको सहज उपलब्धता, कृषि उत्पादनको बजारको सुनिश्चितता र अनुदान मार्फत कृषक र कृषि क्षेत्रलाई तत्काल सहयोग पुर्‍याउने कार्य गरियोस्।

(ञ) आर्थिक क्षेत्र: अर्थतन्त्रलाई चलायमान गर्ने तयारी तत्कालै गर्न आवश्यक छ। देशका साना, ठूलो उद्योग, व्यापार, व्यवसाय ठप्प भएका छन्।

औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरु तथा सानोतिनो स्वःव्यवसाय गरी जिविकोपार्जन गर्ने उद्यमी र श्रमजीवीहरु ठूलो आर्थिक कठिनाईबाट गुज्रिरहेको छन। यस अवस्थामा साना, ठूलो उद्योग, व्यापार, व्यवसायको संरक्षण र तमाम श्रमिक मजदूर उद्यमीहरुको सहयोगलाई उच्च प्राथमिकतामा राखी ठोस राहत प्याकेज घोषणा गरियोस्।

जय नेपाल !

रामचन्द्र पौडेल
नेता ,नेपाली कांग्रेस

प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७  १५:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कोशी र बागमतीले बाँडे अंक, भोलि पुरुष फुटबलतर्फ कर्णाली र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा
महिला बास्केटबलमा दोस्रो दिन चार खेल, पुलिसदेखि बागमतीसम्म विजयी
महमा अखाद्य पदार्थ मिसावट गरी बिक्री गरेको अभियोगमा एक जना पक्राउ
सम्बन्धित सामग्री
उखुको मूल्य तत्काल निर्धारण गर्न कांग्रेसको माग, बक्यौता भुक्तानी गर्न सरकारलाई ध्यानाकर्षण कांग्रेसले उखुको मूल्य निर्धारण गर्दा उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार बनाउनुपर्ने मान्यता अघि सारेको छ । साथै, उखु किसानले... बुधबार, मंसिर ९, २०८३
शशांक कोइरालालाई महाधिवेशनका १५-२० समिति गठन गर्ने जिम्मेवारी कोइरालाले भोलिसम्म विभिन्न समितिका संयोजकहरू चयन गर्नेछन् । त्यसपछि सम्बन्धित संयोजकहरूले आफ्नो समितिमा सदस्यहरू मनोनयन गरी महाधिवेश... बुधबार, मंसिर ९, २०८३
दानबहादुर कार्कीको रिटमा बहस सकियो, अब सर्वोच्चको आदेश के आउला ? कार्कीले आफूलाई गैरकानुनी रूपमा आईजीपी पदबाट हटाइएको दाबी गर्दै पुनर्बहालीको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए । यसअघि नेपाल लाइ... बुधबार, मंसिर ९, २०८३
ताजा समाचारसबै
कोशी र बागमतीले बाँडे अंक, भोलि पुरुष फुटबलतर्फ कर्णाली र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा बुधबार, मंसिर ९, २०८३
महिला बास्केटबलमा दोस्रो दिन चार खेल, पुलिसदेखि बागमतीसम्म विजयी बुधबार, मंसिर ९, २०८३
महमा अखाद्य पदार्थ मिसावट गरी बिक्री गरेको अभियोगमा एक जना पक्राउ बुधबार, मंसिर ९, २०८३
लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा प्रसारण लाइन निर्माण सुरु बुधबार, मंसिर ९, २०८३
उखुको मूल्य तत्काल निर्धारण गर्न कांग्रेसको माग, बक्यौता भुक्तानी गर्न सरकारलाई ध्यानाकर्षण बुधबार, मंसिर ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
विदेशस्थित आफ्नै देशका कूटनीतिक नियोगमा पुगे पनि हसिनालाई पक्राउ गर्ने बंगलादेशको चेतावनी बुधबार, मंसिर ९, २०८३
६० एसपीको सरुवा : १७ जिल्लामा नयाँ प्रहरी प्रमुख, को कहाँ पुगे ? (सूचीसहित) मंगलबार, मंसिर ८, २०८३
नेपालमै विकसित ‘सेल ब्रोडकास्ट’ प्रणालीको पहिलो प्राविधिक परीक्षण सफल मंगलबार, मंसिर ८, २०८३
सुदन र सुनिलबाहेक प्रधानमन्त्री बालेनले अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग खिचेको फोटोको अर्थ के हो? मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्