काठमाडौं- तरुण दलले जनता समाजवादी दलकी नेतृ सरिता गिरीलाई सांसदबाट पदमुक्त गर्न माग गरेको छ।
नेपाली भूमिको विषयमा सांसद गिरीले दिएको विवादित बोलीले राष्ट्रघात भएको ठहर गर्दै तरुण दलले पदमुक्त गर्न आग्रह गरेको हो। तरुण दलले गिरीलाई अराष्ट्रिय तत्व भएको आरोप समेत लगाएको छ।
तरुण दलले गिरीको बोलीले जनतालाई चोट परेको उल्लेख गर्दै संसदबाट निलम्बन सहित हदैसम्मको कारबाही गर्न माग गरेको छ।
गिरीको अभिव्यक्ति मुलुकको स्वतन्त्रता, राष्ट्रिय अखण्डता, स्वाभिमान,राष्ट्रिय एकता विरुद्ध भएको तरुण दलको ठहर छ। नेपाली सेनाका विरुद्ध समेत विवादास्पद अभिव्यक्तिलाई सच्याउन माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।