काठमाडौं- बारास्थित अल्पाइन मेडिकल कलेजको एम्बुलेन्स प्रयोग गरेर गाँजा तस्करी हुने गरेको पाइएको छ। पर्सा प्रहरीले उक्त मेडिकल कलेजको ना४च ८५९९ नम्बरको एम्बुलेन्समा गाँजा तस्करी भइरहेको अवस्थामा पक्राउ गरेपछि सो तथ्य बाहिरिएको हो।
कोरोना भाइरसका कारण जारी लकडाउनको मौकामा उक्त एम्बुलेन्स प्रयोग गरेर ५६ किलो गाजाँ तस्करी गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। गए राति पौन तीन बजे वीरगञ्ज २७ रामपुर टोलबाट उक्त एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो।
एम्बुलेन्ससँगै प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका १५ का २३ वर्षीय जीतबहादुर वाइबा, सोही ठाउँका २२ वर्षीय दिलबहादुर वाइबा र पर्साको बहुदरमाई नगरपालिका-५ का ३२ वर्षीय हरिशंकर महतोलाई पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।