काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको बोलीप्रति आपत्ति जनाएका छन्।
संसदमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले योगी आदित्यनाथले धम्क्याउन खोजेको हो भने जायज नहुने बताए। उनले भने, ‘मुख्यमन्त्री योगीले त्यसो बोल्नुअघि सोच्नुपर्ने थियो। धम्की दिएको भए निन्दनीय विषय हो। योगीको बोलीलाई अपहेलनाका रुपमा बुझ्छौं।’
योगीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले नेपाल हेपिन तयार नभएको बताए। ‘नेपाल हेपिन तयार छैन। हेपिन मान्दैन भन्ने कुरा योगीजीलाई स्मरण गराउन चाहन्छु,’ उनले भने।
नेपालले सार्वजनिक गरेको पूर्ण नक्साप्रति आदित्यनाथले विरोध जनाएका थिए। नक्सा सार्वजनिक गरिसकेपछि त्यसले ल्याउने परिणामबारे नेपालले सोच्नुपर्ने चेतावनी उनले दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।