काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडलबारे २ बजे बस्ने मन्त्रिपरिषद् बैठकले केही मोडल परिर्वतन गर्नसक्ने संकेत गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा कसरी परिर्वतन ल्याउन सकिन्छ सरकारले सहज बनाउनेतर्फ काम गर्ने गृहकार्य भइरहेको बताए।
केही पार्टीका मानिसले र सबै पक्षबाट लकडाउनका विषयमा ध्यानाकर्षण गराएको भन्दै उनले यसमा उचित निर्णय गर्ने बताए।
प्रधानमन्त्री शर्माले केही समयपछि बस्ने मन्त्रिपरिषद्ले यस बारेमा ठोस निर्णय गर्ने बताए।
पछिल्ला दिनमा लकडाउनको स्वरुप परिवर्तन गर्न दबाब बढेको छ। सोही विषयमा प्रधानमन्त्रीले विज्ञसँग पनि केही दिनअघि यस विषयमा छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।