• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार ६, २०८३ Sat, Jun 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

क्वारेन्टाइन हो कि मान्छे मार्ने कन्सन्ट्रेसन क्याम्प?

64x64
गगन थापा मंगलबार, जेठ २७, २०७७  १२:५७
1140x725
फाइल फोटो

नेपालभन्दा बाहिर कोभिड १९ बाट १२७ जना नेपालीको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालय भन्छ- नेपालभित्र १४ जनाको मृत्यु भएको छ। ३ हजार ७ सय ६२ जना संक्रमित भएका छन्। के मृत्यु हुनेको संख्या १४ मात्रै हो?

भोकबाट मारिएका सूर्यबहादुर तामाङ, झुण्डिएर मरेका चन्द्रबहादुर परियार, औषधि खान नपाएर मरेकी गंगादेवी बोहरा, सुत्केरी हुन नपाएर मरेकी लालकुमारी रोकायाको मृत्युको जिम्मा कसले लिन्छ? क्वारेन्टाइनमा मृत्यु भएकी सुनिता लोहारको मृत्युको जिम्मा कसले लिन्छ? र, झुण्डियर मर्न बाध्य भएका लिलाबल्लौ भण्डारी वा आत्मदाह गर्न बाध्य भएका सिद्धार्थ आउजीको मृत्युको जिम्मा कसले लिन्छ? यी प्रतिनिधि घटना मात्रै हुन्। यस्तो धेरै देख्न बाँकी छ।

माघ २१ गतेदेखि कांग्रेसले उठाएको आवाजहरु सम्झन्छौं। फागुन २३ गते सदनमा सार्वजनिक महत्त्वको प्रस्तावमाथि सम्झन्छौं। उच्च स्तरीय समितिलाई बुझाएको प्रस्ताव सम्झन्छौं। कांग्रेसले मात्रै होइन, धेरैले सरकारलाई सुझाब दिए। सरकारलाई यो गर, यो गर भन्यौं। तर, सरकारले सुनेन। न कांग्रेसको सुन्यो, न अदालतको सुन्यो, न प्रेसको सुन्यो ,न नागरिकको सुझाब सुन्यो। नियन्त्रणमा रहँदारहँदै पनि आज हाम्रो यो अवस्था बनेको छ।

यो अवस्था त्यसै भएको होइन। यसको दोष कसको? कानुनले गर्दा रोकेको हो? ढुकुटीमा पैसा नभएर रोकिएको हो? के कांग्रेसले रोकेको हो? अदालतले रोकेको हो? कसले रोकेको हो? यो रोकेको हो, सबैकुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अहंकारले रोकेको हो। सरकारको अकर्मण्यताले रोकेको हो।

सरकारको अक्षमताका कारणले गर्दा आज हामीले यो अवस्था व्यहोर्नुपरेको छ।

कांग्रेस केन्द्रीय समितिले सोमबार बैठक गरेर निष्कर्ष निकालेको छ। यो सरकारले कोरोनालाई पार लगाउन सक्दैन। अब हामी सहयोग गर्छौ/सहयोग गछौं भनेर मात्रै बस्दैनौं। अब हामी प्रश्न गर्छौं। उत्तर चाहन्छौं। सरकारलाई जवाफदेही बनाएरै छाड्छौं।

१० अर्ब रुपैयाँ खर्च कहाँ भयो? अब हामीलाई उत्तर चाहिन्छ। पाँचवटा पिसीआर मेसिन र २५ हजार वटा किट किनेर १० अर्बको हिसाबकिताब देखाउन पर्दैन? हामीलाई एकएक कुराको हिसाबकिताब चाहिन्छ। यस्तो राष्ट्रिय विपतिको बेलामा भ्रष्टचारमा लिप्त हुने? निर्लज्जताको पराकाष्ठ हो।
 
क्वारेन्टाइनमा एक लाख ६६ हजार मानिसहरु बस्छन् भनेर प्रधानमन्त्रीले संसदमा भन्नुहुन्छ। यो क्वारेन्टाइन हो कि मान्छे मार्ने कन्सन्ट्रेसन क्याम्प हो? हामीलाई यसको जवाफ चाहिन्छ। भारतबाट आएका नागरिकलाई गर्ने व्यवहार यही हो? अदालतले भन्यो, संसदले भन्यो, विज्ञले भने, ‘पिसिआर टेस्टको दायरा बढाऊ।’

आज सुदूपश्चिममा कैयन दिनदेखि स्वाब परीक्षण रोकिएको छ। प्रदेश २ मा दशौं हजारको रिपोर्ट नआएर क्वारेन्टाइनमा छटपटाएर बसेका छन्। तर सरकार के गर्दैछ? परीक्षणको दायरा सानो बनाउँदैछ। अब सरकार क्वारेन्टाइनमा बस्नेको पिसीआरको परीक्षण नगर्ने भन्दैछ। अब मृतकको स्वाब परीक्षण नगर्ने भन्दैछ। संक्रमितलाई १४ दिन आइसोलेसनमा राखिसकेपछि घर पठाउने बेलामा परीक्षण नगर्ने भनिएको छ। बरु सरकारले टेस्ट गर्नै बन्द गरिदिए हुन्छ। अनि नेपाललाई ‘कोरोना फ्रि देश’ भनिदिने। परीक्षण नभएपछि संक्रमण एक जनाको पनि देखिन्न।

nimb
nimb
Ncell 2
Ncell 2

अब कांग्रेसलाई जवाफ चाहिन्छ। यसो गर्नलाई प्रधानमन्त्रीले भन्नुभएको हो? स्वास्थ्यमन्त्रीले भन्नुभएको हो? भोलि एक/दुई जना निर्धो कर्मचारीलाई सरुवा गरेर दोषबाट, अपराधबाट भाग्न पाइँदैन।

विज्ञहरुले भनिरहेका छन्- आरडिटी परीक्षण काम लाग्दैन। न यो विश्वसनीय छ, न यो संक्रमणको बेलामा औचित्य छ। तर जबर्जस्ती परीक्षण गर्ने, यो अपराधको जिम्मेवारी कसले लिने हो?

अस्पतालको तयारी खोई? यतिका दिनसम्म लकडाउन गरिसकेपछि संक्रमितको संख्या बढ्दै गएपछि कुन अस्पतालमा उपचारका लागि कुन सामग्री थपियो? कति जनशक्तिको व्यवस्थापन गरियो? यसको जवाफ चाहिन्छ।

विदेशमा बस्ने नेपालीलाई ल्याउने निर्णय गरियो। अहिले कुन एयरलाइन्सले बोक्ने भन्ने झगडा गरेर आउन ठिक्क परेकामाथि बज्रपात गर्ने? जवाफ चाहिन्छ।

गर्भवती महिलादेखि खोप पाउने बालिकासम्म, दीर्घरोगीले औषधि किन पाएनन्? जवाफ चाहिन्छ। कृषक, मजदुर, साना उद्योगी, ठूला उद्योगी, व्यवसायीसम्मले प्रधानमन्त्रीको गीत र कविताले राहत पाउँदैनन्। तिनको लागि कार्यक्रम के छ? जवाफ चाहिन्छ।

प्रश्न केवल प्रश्नका  लागि होइन। उच्च स्तरीय समितिलाई हामी चिन्दैनौं। हामीलाई सदनमा आएर चिनाउनुपर्छ। उच्चस्तरीय समितिका प्रमुखले हामीले राखेका प्रश्नको एक/एक जवाफ दिनुपर्छ। जवाफमा चित्त बुझेन भने प्रधानमन्त्री सदनमा आउनुपर्छ। आज जवाफका लागि अनुरोध मात्रै कांग्रेसले गरेको छ। हाम्रो कुराको सुनवाई भएन र जवाफमा चित्त बुझेन भने हामी जवाफ मागेर मात्रै अब बस्दैनौं। थपक्क बोलेर थपक्क बस्ने दिन अब गए। सरकारले कांग्रेसले उठाएका विषयमा जवाफ दिएपछि मात्रै सबै कुरा सुचारु हुने ठाउँसम्म पुगिन्छ। सरकारले सोचोस्। तयारी गरोस्। कांग्रेसले सरकारलाई सुतेर बस्न दिदैन भन्ने सरकारले बुझोस्। 

(प्रतिनिधि सभामा कांग्रेस नेता थापाले राखेको धारणाको सम्पादित अंश)

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७  १२:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गगन थापा
लेखकबाट थप
जनस्वास्थ्य आपतकाल घोषणा गरियोस्
बन्द कोठामा भएको खासखुसले अदालत प्रभावित नबनोस्
विषय चुनावको होइन‚ संविधानको हो
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
रास्वपाको केन्द्रीय समिति बैठक बस्ने स्थान र समय परिवर्तन शनिबार, असार ६, २०८३
महाधिवेशनका लागि चितवन पुगे रवि लामिछाने शनिबार, असार ६, २०८३
काँग्रेस संसदीय दलको बैठक बस्दै शनिबार, असार ६, २०८३
रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज शनिबार, असार ६, २०८३
सुनसरी र मोरङका स-साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह शनिबार, असार ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
१५ वटा मन्त्रिपरिषद् बैठकको निर्णय एकैपटक सार्वजनिक [सूचीसहित] शुक्रबार, असार ५, २०८३
कक्षा १२ को नतिजा सार्वजनिक शुक्रबार, असार ५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक शुक्रबार, असार ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्