काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) नेपालमा थप ३१४ जनामा कोरोना भाइरस भाइरस संक्रमणको पुष्टि, संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो, हालसम्म ४ सय ८८ जना उपचारपछि निको । (कोरोना संक्रमित ३७६२ पुगे)
२) मधेसका जनताको हक अधिकार र पहिचानका लागि संघर्ष गरेका मधेस केन्द्रित दल ३१ वर्षपछि एक, डा बाबुराम र राजेन्द्र महतोसँग उधारो सहमति । ( ३१ वर्षपछि एक )
३) आममाफी पाएको ४३ दिनसम्म पनि स्वदेश फर्कन नपाएपछि कुवेतमा नाराबाजी, कुवेत सरकारले आफ्नै खर्चमा स्वदेश फर्काउने तयारी गरे पनि नेपाल सरकारले बेवास्ता गरेको भन्दै आक्रोशित । ( कुवेतमा सरकार विरोधी नाराबाजी )
४) स्वास्थ्य सुरक्षाका सबै उपाय अपनायर मैत्रीपूर्ण खेल खेल्न प्रिमियर लिगद्वारा क्लबहरुलाई अनुमति, मैत्रीपूर्ण खेलहरु मैदानमा वा अभ्यास स्थलमा पनि खेल्न सकिने । ( प्रिमियर लिगमा मैत्रीपूर्ण खेलको अनुमति )
५) र, ब्राजिलले कोरोना भाइरससँग सम्बन्धी कुनैपनि विवरण सार्वजनिक नगर्ने, सरकारको कदम अधिनायकवाद र सेन्सरसिप पराकाष्ठाको संज्ञा भएको विभिन्न संघसंस्थाको भनाइ । ( कोरोनाबारे सूचना लुकाउँदै ब्राजिल )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।