काठमाडौं- भारतमा २ लाख ५७ हजार ५ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सर्वाधिक संक्रमण फैलिएको देशको सूचीमा भारत पाँचौं स्थानमा छ। सूचीको पहिलो नम्बरमा अमेरिका छ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा ७ हजार २ सय ७ जना संक्रमितको मृत्यु भएको छ। त्यस्तै, १ लाख २३ हजार ८ सय ४८ जना संक्रमणमुक्त भएका छन्।
विश्वभर कोरोना : ६९ लाख ८१ हजार संक्रमित, ४ लाख १ हजारको मृत्यु
विश्वभर ६९ लाख ८१ हजार ७ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १९ लाख ३८ हजार ८ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, ब्राजिलमा ६ लाख ७२ हजार ८ सय ४६, रुसमा ४ हजार ६७ हजार ७३, बेलायतमा २ लाख ८७ हजार ६ सय २१ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर ४ लाख १ हजार ९ सय ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सर्वाधिक मृत्यु अमेरिकामा नै भएको छ। त्यहाँ १ लाख १० हजार ४ सय ८२ जनाको मृत्यु भएको छ।
त्यस्तै, बेलायतमा ४० हजार ६ सय २५, ब्राजिलमा ३५ हजार ९ सय ३०, इटालीमा ३३ हजार ८ सय ९९ जनाको मृत्यु भएको छ।
त्यस्तै, विश्वभर ३१ लाख ३० हजार ७ सय १८ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या अमेरिकामा सर्वाधिक ५ लाख ६ हजार ३ सय ६७ छन्। त्यस्तै, ब्राजिलमा २ लाख ७७ हजार १ सय ४९, रुसमा २ लाख २६ हजार २ सय ७२, जर्मनीमा १ लाख ६९ हजार २ सय २४ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ३ हजार ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये १३ जनाको मृत्यु भएको छ भने ४ सय ६७ जना संक्रमणमुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।