• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख ३०, २०८३ Wed, May 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

मोडालिटी परिवर्तन गरी लकडाउन खोल्न उद्योगी व्यवसायीको सुझाव

64x64
नेपाल लाइभ आइतबार, जेठ २५, २०७७  २१:४९
1140x725

काठमाडौं- उद्योगी व्यवसायीहरूले लकडाउनको मोडालिटी परिवर्तन गरी स्वास्थ्य सुरक्षा अपनाई सबै क्षेत्रलाई खोल्नुपर्ने बताएका छन्। लामो समय लकडाउन हुँदा श्रमिक र उद्योगी व्यवसायी सबै समस्यामा परेकाले अब उद्योग व्यवसाय खोल्नुको विकल्प नरहेकोमा सबै क्षेत्रका उद्योगी व्यवसायीहरू एकमत देखिएका हुन्।

उनीहरूले सबैभन्दा पहिला साना तथा मझौला उद्योग र पसल व्यवसायलाई सञ्चालन गर्न सकिने, यातायातका साधनहरूलाई पनि पहिलो प्राथमिकतामा राखेर खोल्नुपर्ने, होटल व्यवसायलाई क्रमशः सञ्चालन गर्नुपर्ने गरी चरणबद्ध र योजनाबद्ध रुपमा सबै क्षेत्रलाई खोल्नुपर्ने बताएका छन्। उद्योगी व्यवसायीहरूले लामो समय लकडाउन भएका कारण हरेक वस्तु तथा सेवा अत्यावश्यक भइसकेकाले तत्काल खोलेर आर्थिक जनजीवनलाई सहज बनाउनुपर्नेमा जोड दिएका हुन्। उत्पादन मुलक उद्योगलाई खोल्ने तर यातायात र पसलहरूलाई नखोल्ने हो भने कुनै अर्थ नहुने भएकाले सबै क्षेत्रलाई प्राथमिकतामा राखेर न्यूनतम स्वास्थ्य सुरक्षाका विधिहरू अपनाई खोल्ने व्यवस्था गर्नुपर्ने उद्योगी व्यवसायीहरूले बताएका छन्।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले संक्रमित बढेको र नबढेको क्षेत्रलाई छुट्याएर आर्थिक क्रियाकलापलाई सुचारु गर्नुपर्ने बताए। उनले ७५/७६ दिन लकडाउनमा सबैजना बसिसकेको कारण अब कसरी अगाडि जानुपर्छ भन्ने विषयमा सबैजना जानकार रहेको बताए। उनले अब पनि अर्थतन्त्रलाई चलायमान गर्न नसके कोरोनाबाट नभई भोकमरीले ज्यान जानेको संख्या बढ्ने र अर्थतन्त्र ध्वस्त भएर जाने उल्लेख गरे।

nimb
nimb
Ncell 2
Ncell 2

उनले अत्यावश्यक सामान र पसलहरू सबै खोल्नुपर्ने बताएका छन। सरकारले उद्योग खोल्न भनेपनि उद्योगले उत्पादन गरेको वस्तु बिक्री गर्नको लागि बजार समेत खोल्नुपर्ने बताए। उनले पसलहरू बिहान ११ बजेदेखि साँझ साढे पाँच बजेसम्म खोल्ने व्यवस्था गरेमा सडकमा सवारी साधनको चाप कम हुने उल्लेख गरे। मानिसहरूको आवागमनका लागि सवारी साधन जोर बिजोर प्रणालीबाट खोल्नुपर्ने अध्यक्ष श्रेष्ठले बताए। उनले सबै उद्योग व्यवसायीको लगानी महत्वपूर्ण भएकाले सबै क्षेत्र खोल्नुपर्ने राय राखेका छन्। 

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सबैभन्दा पहिला साना तथा मझौला व्यवसायहरू सञ्चालनमा आउनुपर्ने बताएका छन्। उनले साना तथा मझौला किसिमका उद्योग व्यवसायमा सबैभन्दा बढी रोजगारी रहेकोले त्यस क्षेत्रलाई महत्व दिइ सञ्चालन गर्नुपर्ने सुझाव दिए। उनले यातायातको क्षेत्रलाई पनि पहिलो चरणमा नै सञ्चालन गर्नुपर्ने बताए। त्यस्तै सेवा क्षेत्रमा पनि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीलाई पूर्ण रुपमा चलाउने र होटल व्यवसायलाई पनि प्यारामिटर बनाएर सञ्चालन गर्नुपर्ने उल्लेख गरेका छन्। 

होटल संघ नेपालकी अध्यक्ष सृजना राणाले होटल क्षेत्रमा ब्यांक्वेट बाहेकका सेवा सुचारु गर्न सकिने बताएकी छन्। उनले स्वास्थ्य सुरक्षाका उपायहरू अपनाएर होटल तथा रेस्टुरेन्टहरूलाई सञ्चालन गर्न सकिने जानकारी दिएकी हुन्। होटल तथा रेस्टरेन्टहरूलाई कसरी सेवा दिनुपर्छ भन्ने विषयमा होटल संघले गृहकार्य गरी मापदण्ड तयार पारिसकेको जानकारी दिइन्।  

नाडा अटो मोबाइल्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालले सबै क्षेत्रमा स्वास्थ्य सुरक्षाका आधारभुत विधिहरू अपनाई खोल्नुपर्ने बताए। उनले सरकारलाई आफूहरूले कसरी सावधानी अपनाउन सकिन्छ भन्ने विषयमा १६ वटा बुँदामा लिखित सुझाव दिइसकेको समेत उल्लेख गरे। उनले कार्यालय जाँदा खाजा तथा खाना बोकेर जाने, अनलाइनबाट मात्रै कारोबार गर्ने, कुनै पनि वस्तु पन्जा तथा मास्क लगाएर छुने, स्यानिटाइजरको प्रयोग अधिकतम गर्ने, अफिसमा एसी नचलाउने तथा गोदाममा तीन दिनसम्म सामग्री राखेर मात्रै बिक्री गर्ने व्यवस्था मिलाउने गरी सञ्चालन गर्न सकिने बताए। 

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यातायात क्षेत्रमा काम गर्ने मजदुरलाई स्वास्थ्य सुरक्षासम्बन्धी सामग्री उपलब्ध गराएर यातायात क्षेत्रलाई पहिलो चरणमा खोल्नुपर्ने बताएका छन्। अर्थतन्त्रको रक्तसञ्चार नै यातायात क्षेत्र भएकाले अग्रपंक्तिमा राखेर यसलाई सुचारु गर्नुपर्ने उनले बताए। तर सरकारले यातायात क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई स्वास्थ्य सामग्री उपलब्ध नगराए यातायात सञ्चालन गर्न अनुमति दिए पनि आफूहरूले सञ्चालन गर्न नसक्ने महासचिव सिटौलाले जानकारी दिए। उनले यातायात क्षेत्रका श्रमिकहरू सुरक्षित नभए संक्रमण तीव्र गतिमा भाइरस फैलन सक्ने भएकाले सरकारले यस विषयमा ध्यान दिनुपर्ने बताए। यातायात व्यवसायीहरूले अन्य कुनै माग नराखेको तर श्रमिकको सुरक्षामा ध्यान नदिई यातायात सञ्चालन गर्न नसकिने उल्लेख गरे। 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७  २१:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संसद् बैठक १५ मिनेटका लागि स्थगित
ज्ञानेन्द्र शाहीको प्रश्न– प्रधानमन्त्री कालो चश्मामा मन्त्रिपरिषद्‌मा जाने, संसदमा आउन नसक्ने ?
नीति तथा कार्यक्रमको जवाफमा प्रधानमन्त्री उपस्थिति नभए संसद बहिष्कार गर्ने विपक्षीको चेतावनी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
संसद् बैठक १५ मिनेटका लागि स्थगित बुधबार, वैशाख ३०, २०८३
ज्ञानेन्द्र शाहीको प्रश्न– प्रधानमन्त्री कालो चश्मामा मन्त्रिपरिषद्‌मा जाने, संसदमा आउन नसक्ने ? बुधबार, वैशाख ३०, २०८३
नीति तथा कार्यक्रमको जवाफमा प्रधानमन्त्री उपस्थिति नभए संसद बहिष्कार गर्ने विपक्षीको चेतावनी बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधि सभाको बैठक || LIVE|| बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधिसभामा विपक्षी दलको अवरोध,  मागियो प्रधानमन्त्रीको राजीनामा बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
संसदमा निदाएको भनिएको विषयमा अर्थमन्त्री डा. वाग्लेले दिए स्पष्टीकरण मंगलबार, वैशाख २९, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, वैशाख २९, २०८३
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बुधबार, वैशाख ३०, २०८३
राष्ट्रपति ट्रम्पद्वारा क्युबासँग वार्ताको घोषणा मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्