काठमाडौं- नेपाल धितोपत्र बोर्डको नयाँ ऐनले वस्तु विनिमय बजारलाई थप व्यवस्थित गर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्। उनले भने‚ 'नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजारका एक्टर पनि शेयरका एक्टरलाई नियमनको दायारमा ल्याउन भूमिका निर्वाह गर्नेछ।'
अहिले झट्ट सुन्दा कमोडिटी एक्सचेन्ज तत्कालका लागि ठूलो व्यवसायको क्षेत्र हुन सक्दैन कि भन्ने लाग्न सक्ने खतिवडाले जिकीर गरे। खासगरी कोभिडको संक्रमण र त्यसले निम्त्याएका केही व्यवसायिक शिथिलतका सन्दर्भमा आवश्यक नपरेकोजस्तो देखिए पनि अन्ततः आवश्य रहेको उनको तर्क थियो।
भएका वस्तु विनिमय बजारलाई नियमनको दायरामा ल्याउने भन्दै दुई वर्ष अगाडि वस्तु तथा विनिमय बजारसम्बन्धि ऐन ल्याइएको थियो। ऐन आएसँगै नेपाल धितोपत्र बोर्डले कमोडिटी एक्सचेन्जका लागि एक पटक निवेदन आह्वान गरेर रद्ध गरिसकेको छ।
खतिवडाले वस्तु तथा विनिमय बजार ल्याउनका लागि खासै भूमिका खेलेका छैनन्। उनको बेवस्ताले दोस्रो पटक लिइएको निवेदनलाई पनि थन्क्याइएको छ। तर आगामी दिनमा कृषि उत्पादन, औद्योगिक उत्पादन, पेट्रोलियम पदार्थको बजारका लागि वस्तु तथा विनिमय बजार विकास हुनैपर्ने खतिवडाले नेपाल धितोपत्र बोर्डको २८ औं वार्षिकोत्सवमा अभिव्यक्ति दिएका छन्।
वस्तु विनिमय बजारले अग्रिम रुपमा कतिपय व्यवसायिक उत्पादनलाई आफ्नो उत्पादनको फ्युचर्स अर्थात् भोलि हुने मूल्यको अनुमान गर्न सक्ने र त्यो क्षेत्रमा लगानी गर्ने उनले बताए।
यसका लागि तत्काललाई नेपाल धितोपत्र बोर्डलाई नै वस्तु विनिमय बजारको नियमन गर्ने जिम्मेवारी दिइएको उनले जानकारी दिए। अब आउने ऐनले त्यसलाई अझ व्यवस्थित गर्ने उनले विश्वास दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।