काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य पम्फा भुसालले निजी क्षेत्रलाई विद्युतमा लगानी गर्ने अवसर दिएसँगै महसुल बढेको बताएकी छन्।
प्रतियुनिट विद्युत् ४ रुपैयाँमा उत्पादन भएर ग्राहकले १२ रुपैयाँ चुक्ता गर्न परिरहेको उनले बताइन्। प्रतिनिधि सभाको आजको बैठकमा सरकारलाई सुझाव दिदैँ भुसालले भनिन्, ‘विद्युत उत्पादन राज्यले गरोस्। लागत मूल्यबाट विक्री गरोस्।’
निजी क्षेत्रले विद्युतकोे लगानी पाँच वर्ष उठाएर २५ वर्षसम्म शतप्रतिशत नाफा खाइरहेको उनको भनाइ छ। निजी क्षेत्रका ऊर्जा उत्पादक लागि ऊर्जा मन्त्रालय व्यापारिक एजेन्सी बनेको आरोप उनले लगाइन्।
विद्युतीय गाडीमा थपिएको भन्सार वृद्धिलाई राष्ट्रविरोधी बजेट भएको उनले आरोप लगाइन्। बजेटमा गरिएको व्यवस्था एकप्रकारले ‘राष्ट्रघाती’ भएको बताइन्। चार्जिङ स्टेसन देशभर निर्माण हुँदा पचासौं हजारले रोजगार प्राप्त गर्ने भुसालले आंकलन गरिन्। बजेटमा भएको व्यवस्थालाई परिमार्जन गर्न सुझाव दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।