काठमाडौं- सरकारले कोरोना बीमा गरिदिने भनेसँगै बीमा कम्पनीमा बीमा गर्नेको संख्या घट्न थालेको छ। दैनिक एक हजार भन्दा धेरै पोलिसी बिक्री हुँदै आएकोमा शुक्रबार एक सय वटा पोलिसी बिक्री भएका छन्। २० वटा बीमा कम्पनीहरुले ३० हजार ८९१ वटा पोलिसी बिक्री गरेका छन्।
उक्त पोलिसी बिक्री गरेर बीमा कम्पनीहरुले १९ करोड २५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। सबै भन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले तीन करोड ८५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले मात्रै ६९ हजार ३६३ जनाको कोरोना बीमा गराएको छ।
बीमा समितिले पुल मार्फत कोरोना बीमा गराउदै आएको छ। कम्पनीको चुक्ता पुँजी कोष तथा नेटवर्थका आधारमा प्रिमियम तथा दायित्व पाउछन्। कतिपय नयाँ कम्पनीले पाउने दायित्व उनिहरुको पुँजी भन्दा धेरै देखिसकेको छ। पुनर्बीमा नहुने हुँदा बीमा समितिले बीमा कम्पनीहरुकै क्षमतामा बीमा गराएको हो।
सरकारले आम नागरिक तथा राष्ट्र सेवक कर्मचारीको बीमा गराउने भए पछि बीमा कम्पनीले बिहीबार कोरोना बीमा रोक्न आग्रह गरेका थिए। कम्पनीको आग्रहलाई मानेर बीमा समितिले कोरोना बीमा स्थगन गरेकोमा अर्थमन्त्रालले बन्द नगर्न निर्देशन दिए पछि पोलिसीले निरन्तरता पाएको हो। बजेट फ्लप खुवाउन पोलिसी रोक्ने भन्दै अर्थमन्त्रीले दावव दिए पछि समितिले निरन्तरता दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।