काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) कोरोना भाइरसका कारण थप दुई जनाको मृत्यु, मृतकको संख्या १३ पुग्यो, शनिबार थपिएका ३२३ सहित कोरोना संक्रमित ३ हजार २३५ पुगे । ( मृतकको संख्या १३ पुग्यो )
२) विदेशबाट २५ हजार मात्र नभइ आफ्नो घर फर्कन चाहने सबैलाई ल्याउन सरकारसँग नेपाली कांग्रेसको माग, खर्च जुटाउन नसक्ने नागरिकहरुको खर्च सरकारलाई व्यहोर्न सुझाव । ( सरकारसँग कांग्रेसको माग )
३) पहिलो चरणमा आफ्नै खर्चमा बस्न चाहनेका लागि तोकियो ४ तारेदेखि पर्यटकीय स्तरका ४५ क्वारेन्टाइन होटल, होटलसँग समन्वय भने नभएको होटल संघ नेपालको भनाइ । ( तोकियो ४५ क्वारेन्टाइन होटल )
४) एसियन कप र विश्वकप छनोटका खेलहरुको नयाँ मिति अक्टोबर र नोभेम्बरमा गर्ने प्रस्ताव, छनोटमा अब नेपालले ३ घरेलु खेल खेल्न बाँकी । ( नयाँ मिति प्रस्ताव )
५) र, पछिल्लो एक महिनादेखि चर्किएको सीमा विवादबारे भारत र चीनद्वारा लद्दाखमा वार्ता सुरु, भारतको पहलमा पहिलो चरणमा लेफ्टिनेट जनरल स्तरमा कुराकानी हुदै । ( भारत–चीनबीच वार्ता सुरु )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।