धनगढी- कैलालीको गोदावरी नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ। नगरपालिकाले शनिबार एक सूचना जारी गर्दै अत्यावश्यक स्वास्थ्य र सरसफाई बाहेकका सम्पूर्ण कामहरु बन्द रहने बताएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टद्वारा हस्ताक्षरीत सूचनामा नगरपालिकामा पनि कोरोनाको संक्रमण बढ्दै गएकाले आइतबारदेखि अर्को सूचना जारी नभएसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने उल्लेख छ।
‘यो विषम परिस्थितिमा सबैले आ-आफ्नो ठाउँमा उच्च सतर्क रही जिम्मेवारी बहन गरी सुरक्षित र अनुशासित रुपमा रहन/हुन हार्दिक अनुरोध गरिन्छ।’
सूचनामा भनिएको छ‚ ‘यस समयमा सबै नगरबासीको सकारात्मक साथ र सहयोगको अपेक्ष गर्दछौं।’ गोदावरी नगरपालिकामा शनिबार पहिलो पटक एक जना जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।