काठमाडौं- नेपाली कांग्रेसले विदेशबाट फर्कन चाहने सबैलाई स्वदेश ल्याउन सरकारलाई आग्रह गरेको छ। सरकारले २५ हजारलाई मात्र स्वदेश फर्काउन लागेकोप्रति कांग्रेसले आपत्ति जनाएको छ।
प्रमुख जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले तत्कालीन र दीर्घकालीन योजना बनाएर फर्काउन सरकारलाई सुझाव दिए। भट्टराईले विज्ञप्ति मार्फत आफ्नो घर फर्कन पाउने अधिकार भएकाले सिमिति संख्यामा मात्रै ल्याउन नहुने बताए। सरकार आफैंले खर्च गरेर वा सम्बन्धित मुलुकका सरकारसँग कुटनीतिक पहल गरी नेपाल ल्याउन आग्रह गरे।
विदेशबाट फिर्ता भएका नेपालीहरूलाई रोजगारीमूलक काम दिनेगरी तत्काल विशेष कार्यक्रम घोषणा गरी कार्यान्वयन हुनुपर्ने उनले बताए। आर्थिक अभावमा बीचैमा पढाई छुट्ने अवस्थामा रहेका विद्यार्थीका लागि पैसा पठाउने सहज प्रबन्ध मिलाउन आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।