काठमाडौं- सर्वाधिक कोरोना भाइरसको संक्रमण देखिएका देशको सूचीमा चीन १८औं स्थानमा धकेलिएको छ। सुरुवातमा चीनमै कोरोना संक्रमण देखिएको थियो। तर, त्यहाँ तीव्र गतिमा संक्रमण नियन्त्रण भएको थियो।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार चीनमा ८४ हजार १ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्ला दिनमा चीनमा नयाँ संक्रमित र मृत्यु निकै कम छ। वल्डोमिटरका अनुसार पछिल्ला २४ घण्टामा चीनमा ३ जना नयाँ संक्रमित देखिएको छ भने नयाँ मृत्यु छैन।
चीनभन्दा अघि क्रमशः पाकिस्तान, साउदी अरब, क्यानडा, मेक्सिको, चिली, इरान, टर्की, जर्मनी, पेरु, फ्रान्स, इटाली, भारत, स्पेन, बेलायत, रुस, ब्राजिल र अमेरिका छन्।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार चीनमा ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ। साथै, ७९ हजार ४ सय २० जना संक्रमणमुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।