काठमाडौं- भारतमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार १ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ। सर्वाधिक संक्रमण फैलिएको देशको सूचीमा भारत छैटौं स्थानमा छ। यसअघि सातौं स्थानमा रहेको भारतले इटालीलाई उछिन्दै छैटौं स्थानमा पुगेको हो।
सूचीको पहिलो स्थानमा अमेरिका छ। अमेरिकापछि क्रमशः ब्राजिल, रुस, बेलायत, स्पेन तथा भारत छन्।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा ६ हजार ६ सय ४९ जनाको मृत्यु भएको छ।
त्यस्तै, भारतमा १ लाख १३ हजार २ सय ३१ जना संक्रमणमुक्त भएका छन्।
विश्वभर कोरोना : ६७ लाख २४ हजार संक्रमित, ३ लाख ९४ हजारको मृत्यु
काठमाडौं- विश्वभर ६७ लाख २४ हजार ५ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १८ लाख ९४ हजार ७ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, ब्राजिलमा ६ लाख १४ हजार ९ सय ४१, रुसमा ४ लाख ४९ हजार २ सय ५६, बेलायतमा २ लाख ८४ हजार ७ सय ३४, स्पेनमा २ लााख ४० हजार ९ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर ३ लाख ९४ हजार २८ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक १ लाख ९ हजार ४२ जना छन्।
त्यस्तै, बेलायतमा ४० हजार ३ सय ४४, ब्राजिलमा ३४ हजार २१, इटालीमा ३३ हजार ७ सय ७४ जनाको मृत्यु भएको छ।
विश्वभर २९ लाख ९६ हजार ८ सय ३२ जना संक्रमणमुक्त भएका छन्। तीमध्ये अमेरिकामा सर्वाधिक ४ लाख ९१ हजार ७ सय ६ जना संक्रमणमुक्त भएका छ्न्। त्यस्तै, ब्राजिलमा २ लाख ५४ हजार ९ सय ६३, रुसमा २ लाख १२ हजार २ सय ३७, जर्मनीमा १ लाख ६८ हजार ४ सय ८० जना संक्रमणमुक्त भएका छन्।
नेपालमा २९ सय १२ जनामा संक्रमण पुष्टि भएको छ। ६८ जिल्लामा संक्रमण देखिइसकेको छ।
संक्रमितमध्ये ३ सय ३३ जना संक्रमणमुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।