काठमाडौं- विश्वभर ६७ लाख २४ हजार ५ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १८ लाख ९४ हजार ७ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, ब्राजिलमा ६ लाख १४ हजार ९ सय ४१, रुसमा ४ लाख ४९ हजार २ सय ५६, बेलायतमा २ लाख ८४ हजार ७ सय ३४, स्पेनमा २ लााख ४० हजार ९ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर ३ लाख ९४ हजार २८ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक १ लाख ९ हजार ४२ जना छन्।
त्यस्तै, बेलायतमा ४० हजार ३ सय ४४, ब्राजिलमा ३४ हजार २१, इटालीमा ३३ हजार ७ सय ७४ जनाको मृत्यु भएको छ।
विश्वभर २९ लाख ९६ हजार ८ सय ३२ जना संक्रमणमुक्त भएका छन्। तीमध्ये अमेरिकामा सर्वाधिक ४ लाख ९१ हजार ७ सय ६ जना संक्रमणमुक्त भएका छ्न्। त्यस्तै, ब्राजिलमा २ लाख ५४ हजार ९ सय ६३, रुसमा २ लाख १२ हजार २ सय ३७, जर्मनीमा १ लाख ६८ हजार ४ सय ८० जना संक्रमणमुक्त भएका छन्।
नेपालमा २९ सय १२ जनामा संक्रमण पुष्टि भएको छ। ६८ जिल्लामा संक्रमण देखिइसकेको छ।
संक्रमितमध्ये ३ सय ३३ जना संक्रमणमुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।