काठमाडौं- शुक्रबार नेपालमा थप २७८ जना कोरोना भाइरसको संक्रमण देखिँदा काठमाडौंमा उपचाररत दुई जना समेत परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दियो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबार काठमाडौंको एक निजी अस्पतालमा उपचाररत २ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए। तर उनले अस्पतालको नाम भने भनेका थिएनन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत २ जनामा कोरोना संक्रमण देखिएको हो। उनीहरु गुल्मी र कास्कीबाट उपचारका लागि आएका बिरामी हुन्।
अस्पताल स्रोतका अनुसार एक जना बिरामीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो। उनी अस्पतालको आइसियूमा उपचाररत छन्। अर्का एक जना भने आकस्मिक कक्षमा आएका बिरामी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।