काठमाडौं- शुक्रबार थप ४३ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
धरानमा उपचार गराइरहेका झापाका ३ जना, कोशी अस्पतालमा उपचार गराइरहेका विभिन्न जिल्लाका २७ जना र बाँकेमा उपचार गराइरहेका १३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका हुन्।
योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३३३ पुगेका छन्।
हालसम्म ११ जनाको भने कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।