• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक १२, २०८२ Wed, Oct 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

बिमा समितिलाई अर्थ मन्त्रालयको प्रश्न- बजेट फेल गराउन कोरोना बिमा बन्द गर्ने?

कोरोना बिमा : किन बन्द भयो? एक दिन नबित्दै किन खुल्यो?
64x64
अरुण सापकोटा शुक्रबार, जेठ २३, २०७७  १९:१२
1140x725

काठमाडौं- बिमा कम्पनीहरूको दबाबपछि बन्द गरिएको कोरोना बिमा अर्थ मन्त्रालयको ठाडो निर्देशनपछि शुक्रबारबाट पुनः सुरु भयो। बिमाको सिद्धान्त विपरीत बिमा पोलिसी ल्याइएको हुँदा यसको दायित्व धान्न नसक्ने भन्दै बिमा कम्पनीहरूले बिमा समितिलाई पोलिसी बन्द गर्न दबाब दिएका थिए। 

कम्पनीहरुको दबाबपछि बिमा समितिले बिहीबारदेखि पोलिसी बन्द गर्न सबै कम्पनीहरुलाई निर्देशन जारी गरेको थियो। पोलिसी स्थगित भएको सूचना पाउन साथ अर्थ मन्त्रालयले बिमक संघ तथा समितिलाई अर्थ मन्त्रालय बोलाएर किन बन्द गरेको भन्दै स्पष्टीकरण मागेको थियो। 

तपाईंहरुले ल्याएको पोलिसी राम्रो लागेर बजेटमा समेत व्यवस्था गरिसकेको अवस्थामा बन्द गरेको भन्दै अर्थ मन्त्रालयका पदाधिकारी आक्रोशित भएका थिए। बजेटमा व्यवस्था गरिसकेपछि बजेट नै फेल गराउन खोज्ने भन्दै पदाधिकारीले प्रश्न गरेका थिए। त्यस पछि नाजवाफ बिमा समितिले रोकेको पोलिसी पुनः सुचारु गर्ने निर्देशन जारी गरेको छ। 

'बिमक संघ र बिमा समिति दुवैसँग छलफल भएको हो। मन्त्रालयले कोरोना बिमा पोलिसी बन्द नगर्न भनेपछि बिमा समितिले काम अघि बढाइसकेको जानकारी आएको छ,' अर्थ मन्त्रालय स्रोतले भन्यो। 

शुक्रबार सूचना जारी गर्दै समितिले आजैदेखि कोरोना बिमालेख सुचारु गरिएको जानकारी दिएको छ। बैसाख ७ गतेबाट सुरु भएको कोरोना बिमालेख जेठ २३ गतेदेखि केही समयको लागि स्थगन गरिएकोमा साविककै बिमालेख आजकै मितिदेखि सूचारु गर्न निर्देशन दिएको हो। अब जारी हुने बिमालेख आगामी चैत मसान्तसम्मका लागि मात्र जोखिम बहन गर्ने गरी बिक्री गर्न बिमा समितिले निर्देशन दिएको छ। 

Ncell 2
Ncell 2

समितिले निम्न वर्गका लागि भनेर माइक्रो बिमा पोलिसी ल्याएको थियो। तर सोचिएभन्दा धेरै आकर्षण देखिएपछि बिमा कम्पनी नै यस्तो पोलिसी बिक्री गर्न हच्किएका थिए। सुरुवाती अवस्थामा संक्रमतिको संख्या बढेको थिएन। कम्पनीहरु चुपचाप पोलिसी बिक्री गरिरहेका थिए। तर संक्रमणको संख्या एकाएक धेरै संख्यामा बढ्न थालेपछि कम्पनीहरु आत्तिए। 

अहिलेसम्म जारी भएको बिमा पोलिसीको दायित्व कम्पनीहरुको क्षमता भन्दा माथि पुगेपछि बिमक संघले बिमा समितिलाई तत्कालका लागि यो पोलिसी रोक्न आग्रह गरेको थियो। सरकारले आगामी आर्थिक वर्षको बजेटमा सम्पुर्ण राष्ट्रसेवक कर्मचारीको कोरोना बिमा गर्ने व्यवस्था गरेको छ। साथै आम नागरिकको हकमा ५० प्रतिशत प्रिमियम सरकारले भुक्तानी गर्ने व्यवस्था गरेको थियो। 

अर्को तर्फ विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइसरको पुनर्बिमाका लागि विदेशी पुनर्बिमा कम्पनीले मानेका छैनन्। बिमा समितिले यो पोलिसी माइक्रोपोलिसी भएको हुँदा यसको जोखिम बिमा कम्पनीहरु आफैले संयुक्त रुपमा धान्ने भन्दै जारी गरेको थियो। तर कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको र यसको जोखिम थप बढिरहँदा भोलिका दिनमा बिमा कम्पनीहरुले पुनर्बिमा नहुँदा धान्नै नसक्ने राय राखेर बन्द गर्न आग्रह गरेका थिए।

कोरोना संक्रमितको उपचार सरकार आफैँले गरिरहेका बेला यस्तो पोलिसी ल्याउँदा यसको उपयोगिता माथि प्रश्न उठ्दै आएको छ। महामारीको जोखिमपछिको दायित्व सरकारको हो। सरकार आफैले जोखिमको व्यवस्थापन गर्दैगर्दा बिमा कम्पनीले यसको दायित्व बोक्न खोज्नु नै सैद्धान्तिक रुपमा गलत भएको एक विज्ञले बताए। महामारीको रुपमा यो रोग फैलियो भने सम्पूर्ण बिमा कम्पनी टाट पल्टिन सक्ने उनको भनाइ छ। 

पुलमार्फत बिमा हुँदा यसको दायित्व सम्पूर्ण निर्जीवन बिमा कम्पनीहरूले बहन गर्नुपर्ने हुन्छ। हालसम्म कोरोना बिमा गर्नेको संख्या तीन लाख नाघिसकेको छ। अहिलेसम्मको अवस्थामा २० अर्ब रुपैयाँ भन्दामाथिको जोखिम बिमा कम्पनीहरुले बोकिसकेका छन्। नयाँ आएका कतिपय कम्पनीहरुको पुँजीभन्दा धेरै कोरोना बिमाको दायित्व धेरै भइसक्यो। उनिहरुको नेटवर्थ, कोष, पुँजीभन्दा धेरै दायित्व भए पछि बिमा कम्पनी हच्किएका हुन्। नयाँ बिमा कम्पनीहरुले कोरोना बिमाको पुलबाट हट्ने भन्दै दबाब दिएका छन्।  

त्यसैले गर्दा बिमा कम्पनीले यो पोलिसीलाई संसोधन गर्न माग गरेका छन्। भोलिका दिनमा महामारीको रुपमा फैलियो भने सरकारले कति व्यहोर्ने र बिमा कम्पनीहरुले कति वेहोर्ने भन्ने विषयमा प्रस्ट हुनु पर्ने कम्पनीहरुको भनाइ छ। कम्पनीहरुले अर्थमन्त्रालय सँग सरकारले भुक्तानी गर्ने प्रिमियम बापतको पैसा सोझै कम्पनीहरुलाई दिनुभन्दा पुलमा नै कोरोना बिमाको संयुक्त कोषमा हाल्न आग्रह गरेका छन्। 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७  १९:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
राष्ट्रिय सभाका सचिव अर्यालद्वारा राजीनामा मंगलबार, कात्तिक ११, २०८२
सेयर बजार हरियाली हुँदा कारोबार रकम बढ्यो मंगलबार, कात्तिक ११, २०८२
जुम्ला र जोमसोममा तापक्रम १ डिग्रीसम्म झर्ने अनुमान मंगलबार, कात्तिक ११, २०८२
आगामी पुसमा बाघ गणना गरिने मंगलबार, कात्तिक ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जनसंघर्षमा उत्रियो नेकपा, यस्ता छन् कार्यक्रम सोमबार, कात्तिक १०, २०८२
देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह सोमबार, कात्तिक १०, २०८२
बंगालको खाडीमा ‘मोन्था आँधी’ सक्रिय,नेपालमा कस्तो असर पर्छ ? मंगलबार, कात्तिक ११, २०८२
राष्ट्रिय सभाका सचिव अर्यालद्वारा राजीनामा मंगलबार, कात्तिक ११, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
स्वास्थ्य मन्त्री शर्माको यस्तो छ विगत आइतबार, कात्तिक ९, २०८२
जनसंघर्षमा उत्रियो नेकपा, यस्ता छन् कार्यक्रम सोमबार, कात्तिक १०, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ आइतबार, कात्तिक ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्