काठमाडौं– कोरोना भाइरसको महामारी सुरु भएसँगै चीनको विभिन्न सहरमा रोकिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिने उपकरण ल्याउने तयारी भएको छ।
लकडाउन अगाडिसम्म रसुवागढी नाकाबाट सामान आइरहे पनि विमानस्थल कार्यालयले अहिले तातोपानी नाकाबाट सामान ल्याउने तयारी सुरु गरेको हो।
विमानस्थल कार्यालयका प्रमुख प्रवेश अधिकारीका अनुसार बेइजिङ लगायत चीनका विभिन्न सहरमा रोकिएको सामान ल्याउने तयारी भएको जनाकारी दिए।
तर, तातोपानी नाकामा सामान लोड अनलोडका लागि आवश्यक क्रेनको व्यवस्था भए नभइको बुझ्ने काम भएको उनको भनाई छ।
क्रेन लगायत भन्सारको काम हुने अवस्थामा सामान चीनबाट हिँडाउने काम सुरु हुने अधिकारी बताउँछन्। चीनको विभिन्न सहरबाट ल्याइने सामान भन्सार नाकासम्म आइपुग्न १० देखि १५ दिनसम्म लाग्ने समेत उनको भनाइ छ।
विमास्थलको भौतिक संरचना निर्माणको काम सकिए पनि उपकरण आउन नसक्दा बाँकी काम प्रभावित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।