काठमाडौं- कोरोना संक्रमणको महामारीका कारण म्यानमारमा अलपत्र परेका २६ नेपाली नेपाल आइपुगेका छन्। म्यानमार सरकारले आफ्नै खर्चमा २६ नेपालीको उद्धार गरिदिएको हो।
म्यानमारको एयरफोर्सले उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झारिदिएको छ। लकडाउनपछि पहिलो पटक औपचारिक रूपमा नेपालीहरू स्वदेश फिर्ता भएका छन्।
विमानस्थल कार्यालयका अनुसार पौने ११ बजे म्यानमार एयरफोर्सको जहाजले नेपाली लिएर आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।