काठमाडौं- आजदेखि स्वदेश फर्कन पाउने भएपछि संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका नेपालीहरु विमानस्थलमा जम्मा हुन थालेका छन्। आज स्वदेश फर्कनेहरु बिहानैदेखि युएईको विमानस्थलमा उडान कुरिरहेका छन्।
शुक्रबार युएईबाट २ सय ५० जनालाई एयर अरेबियाबाट नेपाल फर्काउन लागिएको गैरआवासीय नेपाली संघ एनआरएनएले उल्लेख गरेको थियो।
उनीहरुलाई बिहान १०ः४५ को बोर्डिङ पास दिइएको थियो। उक्त पासमा उल्लेख भएअनुसार उडान समय ११ः २० को रहेको छ।
युएई सरकार, नेपाल सरकार र एयरबीच आवश्यक समन्वय हुन नसक्दा उडान समयमा थपघट हुनसक्ने स्रोतको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।