• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ४, २०८२ Tue, Oct 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बाँदरमुढे घटनाका १५ वर्ष: पीडितले बिहानै सम्झे, प्रचण्डले भुले चुनावी वाचा

64x64
दुर्गा दुलाल शुक्रबार, जेठ २३, २०७७  १०:५७
1140x725

काठमाडौं–  बिहीबार बिहानै चितवनको बाँदरमुढे घटनाका पीडित कृष्ण अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा मनको पीर लेख्दै १५ वर्षअघिको त्रासदीको सम्झना गरे।

‘आज माडीको बादरमुढे खोलामा राजनितिक पार्टीको नाममा मच्चाइएको अति क्रुर मानवताविरोधी आततायी घटना घटाइएको १५ बर्ष पूरा। न हामी पिडितलाई न्याय न सत्य न पिडकहरुलाई सजाय। अझै पनि हामी न्यायको पर्खाइमा। यस बिषयमा सबै सरोकारवालाको सहयोगको आशा’, उनले लेखेका छन्।

अधिकारी बाँदरमुढे पीडित संघर्ष समितिका पुर्व उपाध्यक्ष पनि हुन्। पिडितहरु विभिन्न पक्षमा विभाजन भएपछि उनी पनि अहिले निष्क्रिय रहेका छन्। तर, उनको फेसबुक स्टाटसले सो घटनालाई पिडितले अहिले पनि बिर्सिन सकेका छैनन् भन्ने देखिन्छ।

२०६२ जेठ २३ गते चितवनको गोविन्दबस्ती बगई (माडी)बाट भरतपुरका लागि छुटेको यात्रुवाहक बसमा तत्कालीन विद्रोही नेकपा (माओवादी) ले बाँदरमुढेमा बम विस्फोट गराउँदा ३८ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

उक्त घटनामा घाइते भएका ७२ मध्ये ४ जनाको उपचारका क्रममा निधन भएको थियो। घटना गराउने नेकपा (माओवादी) युद्धपछि शान्ति प्रक्रियामा सामेल हुँदै मुलधारको राजनीतिमा आइसकेको छ।  अहिले माओवादी नेकपा एमालेसँग मिसिएर नेकपाको रुपमा सरकार सञ्चालन गरिरहेको छ। तर, १५ वर्ष बितिसक्दा समेत उक्त घटनाबारे सत्य–तथ्य छानबिन भई दोषीले सजाय पाएका छैनन्।

प्रचण्डले बिर्सेको सहमति
पूर्व माओवादीका अध्यक्ष एवं हाल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत निर्वाचनको समयमा बाँदरमुढे घटना ‘जनयुद्ध’मा भएको सबैभन्दा ठूलो गल्ती भन्दै बाँदरमुढेका जनतासँग माफी मागेका थिए। उनले घटनास्थलमा बनाइएको स्मारकमै पुगी आफ्नो सरकार बने लगत्तै बाँदरमुढे घटनाका पीडित परिवारलाई सम्मान हुनेगरी सम्बोधन गर्ने घोषणा गरे। साथै आफ्ना पार्टी निकट मृतकका परिवार, घाइते तथा कार्यकर्ताको भेला डाकी सहमति पनि गरे।

Ncell 2
Ncell 2

बाँदरमुढे पिडितसँग प्रचण्डको प्रतिबद्धतापत्र


दाहालको उक्त सहमतिपछि पीडितहरु दुई धारमा विभाजित भए। उनले न्याय र पीडितलाई परिपूरण दिने कुरा लिखित प्रतिबद्धतामै उल्लेख गरे। तर, उनले निर्वाचन जितेको पनि ३० महिना बितिसकेको छ। उनी नै अध्यक्ष रहेको नेकपा सरकारमा छ। उनी पटक-पटक चितवन पुगेका पनि छन्। तर, उनले यसबीचमा न बाँदरमुढेलाई सम्झिए, नत मृतकका परिवार तथा घाइतेलाइ नै।

यसैबीच, २०७४ माघ ११ मा तत्कालीन शेरबहादुर देउवा सरकारले बाँदरमुढे घटनामा मृत्यु भएका सबैलाई सहिद घोषणा गर्‍यो। तर, सहिद मात्र नभई उक्त घटनाका दोषीलाई सजाय दिने र पीडित परिवारलाई न्याय दिने कुरा हालसम्म नभएको बाँदरमुढे घटना पीडित संर्घष समितिका उपाध्यक्ष कृष्ण अधिकारी बताउँछन्।

सहमतिका हस्ताक्षरकर्ताकै गुनासो– म आफैं दुरुपयोग भएँ
निर्वाचनताका प्रचण्डको सहमतिमा सहभागी भएका एक पीडित सुदीप निउरेले उक्त घटनामा ज्यान गुमाएकी आफ्नी दिदी डिला निउरे र भाञ्जा निश्चल सापकोटालाई सम्झिँदै माओवादीले धोका दिएको बताए।

‘जुन माओवादीको समूहले पीडित र माओवादीको केन्द्रीय तहबीच सिधा वास्तविक कुरा राख्न १३ वर्षदेखि रोकेको थियो, अहिले फेरि उही समूह सक्रिय छ,’ उनले भने, ‘निर्वाचनको समयमा सहमति गराउने प्रयास गरेकोमा म आफू दुरुपयोग भएको अनुभव भएको छ।’

उपाध्यक्ष अधिकारीले सर्वसाधारण चढेको बसमा विस्फोट गराई सामूहिक हत्या गराउनेको पहिचान गरियोस् र उनीहरूमाथि कानुनी कारबाही होस् भनी आफूहरुले सामूहिक रुपमा काठमाडौंमा दिएको उजुरी बेवारिसे भएको गुनासो गरे। युद्धमा सहभागी नभएका सर्वसाधारणलाई किन मारिएको हो, त्यसको सत्य जान्न पाऊँ भन्दाभन्दै यत्तिका वर्ष बितेको तर पनि केही नपाएको उनले गुनासो गरे।

घटनाका आरोपी नै शान्ति समितिमा बसेपछि रोकियो न्याय 
सर्वसाधारण चढेको बसमा बम विस्फोट गराई हत्या गर्ने माओवादी कार्यकर्ता र आदेश दिने माओवादी नेतालाई समेत कारबाही माग गर्दै बाँदरमुढे पीडित संघर्ष समितिले ५७ वटा उजुरी दर्ता गराएका थिए।

पीडितको उजुरीमा माओवादीका तत्कालीन अध्यक्ष प्रचण्ड, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, वनमन्त्री शक्ति बस्नेतलगायत तत्कालीन नेतृत्व र चितवनका नेतालाई कारबाही माग गरिएको थियो।

बम विस्फोटमा संलग्न भएको आरोप लागेका अनक मगर स्वयम् नै शान्ति समितिमा सदस्य हुनेदेखि पार्टीको पहुँचको स्थानमा रहेको भन्दै विभिन्न समयमा सहमति र माफी मागेर माओवादीले नाटक गर्दै पीडितलाई धोकामा राख्ने गरेको पीडितहरुले बताउँदै आएका छन्।

घटनाको समय चितवन जिल्ला इन्चार्ज रहेका घनश्याम दाहाल ’अविनास’ शान्ति समिति सदस्य भएका थिए। तर, पीडितहरुको विरोधपछि उनले राजीनामा दिएका थिए। त्यसपछि सदस्य बनेका मगरमाथि पनि विस्फोट कार्यमै संलग्न भएको आरोप छ।
चितवन क्षेत्र नम्बर २ ‘क’मा वाम गठबन्धनबाट अविनास विजयी हुँदै हाल प्रदेशसभा सदस्यको भूमिकामा छन्।

अलपत्र उजुरी 
बाँदरमुढे पीडितहरुको समूहले काठमाडौं आएर सत्य निरुपयण तथा मेलमिलाप आयोगमा उजुरी दिएको थियो। उनीहरुको उजुरी अहिले अलपत्र अवस्थामा छ। हालैमात्र सर्वोच्च अदालतले ऐन संशोधन गर्ने आदेश दिएको छ भने सरकारले गर्ने मुडमा रहेको छैन। सरकार नगर्ने र अदालतले गर्नु भनेको कुरा अन्तर्राष्ट्रिय समुदायले सम्झाएका कारण यी आयोगले तत्काल काम नगर्ने निश्चित देखिन्छ।

नेपाल लाइभसँगको कुराकानीमा कानुनमन्त्री शिवमाया तुम्वाहाम्फेले तत्काल कानुन संशोधन नहुने संकेत गरेकी थिइन्। उनले कानुन संशोधनका लागि छलफल नै बाँकी रहेको बताउँदै यसले छिट्टै निकास पाउन नसक्नेतर्फ सकेत गरेकी थिइन्। नेकपाको शक्तिशाली अध्यक्षको रुपमा दाहाल रहेको र यो घटनाको छानबिन हुँदा सत्ता सघर्ष नै तलमाथि पर्ने सम्भवाना रहेकाले यसले तत्काल लय समात्ने देखिदैन। दुवै आयोग देखावटीका लागि निरन्तरता भने दिइएको छ तर उसले कुनै पनि काम गरेको छैन।

शान्ति सम्झौतामा हस्ताक्षर गर्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्ड


कसरी गराइएको थियो घटना?
२०६२ जेठ २३ को बिहान भिख्नाठोरीबाट छुटेको शालीग्राम ट्राभल्सको बसमा बगई गाउँ पुग्दासम्म करिब १ सय २० यात्रु चढिसकेका थिए। महिला, बच्चा र वृद्ध बसभित्र थिए भने करिब ५०/६० को हाराहारीमा यात्रु छतमा थिए। २१ वर्षीय विक्रम महतोले चलाएको उक्त बस भत्किएको बाँदरमुढे पुललाई एकापट्टि पारेर खोलाको सुक्खा तटमा ओर्लिनासाथ विद्युतीय धरापमा परेको थियो।

गाडीको छतमा ३ जना बर्दीधारी सैनिक बसेका थिए, बाँकी सबै सर्वसाधारण थिए। त्यतिबेला चितवनका जिल्ला इन्चार्ज अविनाश (घनश्याम दाहाल) र सेक्रेटरी इन्द्रजित (यमबहादुर परियार) ले गलत आकलन गरी विस्फोट गराएको माओवादीले समेत स्वीकार गर्दै आएको छ।

गुडिरहेको गाडीमा विस्फोट गराएर एकरदुई जनाको मात्र सफाया गर्ने र बाँकी सकुशल रहने प्रविधिको विकास संसारमा कहीँ नभएकाले त्यसलाई स्वीकार गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माओवादीले सहयोग गर्नुपर्ने तर्क मानवअधिकारवादीले गर्दै आएका छन्। हतियार बोकेकै भए पनि दोहोरो भिडन्तमा नरहेका व्यक्तिलाई हत्या गर्न नपाइने अन्तर्राष्ट्रिय कानुनविपरीत माडीमा बम विस्फोट गराइएकाले दोषीले उन्मुक्ति पाउन नहुने अधिकारकर्मीहरुको तर्क छ।

पीडित भन्छन्- न्याय माग्नु पर्ने हामी आफैंलाई विभाजित बनाइयो
बाँदरमुढे घटनाका पीडितहरु हाल दुई भागमा विभाजित छन्। नेकपा र गैरनेकपा हुँदै उनीहरु एक आपसमा लडिरहेका छन्। बाँदरमुढे संर्घष समितिका तत्कालीन पदाधिकारी पनि अहिले दुई खेमामा विभाजित छन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोही निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदार भएपछि यस्तो विभाजन देखिएको हो। तत्कालीन संर्घष समितिका उपाध्यक्ष कृष्ण अधिकारी हाल निष्क्रिय छन्।

दाहालले आफू विजयी भएमा बाँदरमुढे पीडितलाई न्याय दिने सहमति नै गरेका थिए। ‘बाँदरमुढे घटना चुनावी प्रलोभनको शिकारमा परेको रहस्य अहिले खुल्दैछ,’ अधिकारीले भने, ‘सबै शक्तिको पुजारी हुने रहेछन्। हिजो बोल्नेहरु आज शक्तिको प्रभावमा मौन बसेपछि यो मुद्दा ओझेलमा परेको छ।’

तत्कालीन पदाधिकारीहरु मुक्तिनाथ न्यौपाने, राधेश्याम भण्डारीलगायत अभियान्ताहरु दाहालको पक्षमा लागे। तर, अहिले उनीहरुले पनि गल्ती महसुस गरिरहेको दाबी अधिकारीको छ। ‘मुख्य कुरा हामी बीचमै एकता भाँडियो,’ उनी भन्छन्, ‘न्याय माग्न एकजुट हुनुपर्ने हामीलाई विभाजित गराइयो र पीडकहरुले न्याय नदिने प्रयास गरेका छन्।’

तत्काल परिपूरण स्वीकार गराएर न्यायको माग निस्तेज गराउने दाउमा सरकार लागिरहेको उनको आरोप छ। ‘अहिले नै परिपूरण लिने की ५० वर्षपछि न्याय लिने भन्ने खालको हल्ला फैलाएर पीडितमाझ त्रास सिर्जना गर्ने काम अहिले भइरहेको छ,’ उनले भने।

३८ जना सहिद घोषित
पछिल्लो पटक पीडितका लागि भएको काम भनेको बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई सहिद घोषणा गर्ने निर्णय थियो। तत्कालीन समयमा माओवादी र नेपाली कांग्रेसको संयुक्त सरकारले पीडित परिवारका सदस्यलाई राहत दिने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको थियो।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७  १०:५७
  • #बाँदरमुढे_घटना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
विपिन जोशीको अन्तिम बिदाइ मंगलबार, कात्तिक ४, २०८२
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि सोमबार, कात्तिक ३, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
आज पनि बढ्यो सुनको मूल्य सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्