काठमाडौं- थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ११ पुगेको छ।
सुर्खेतको पञ्चपुरी नगरपालिका ९ विद्यापुरस्थित जनता माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका २० वर्षीया पुरुषको जेठ २१ गते गरिएको आरडिटी जाँच नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा पठाइएको थियो। तर २२ गते बिहान उनको मृत्यु भएको थियो। मृत्युपछि उनको स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको कर्णाली प्रदेशका स्वास्थ्य सेवा लक्ष्मी नारायण तिवारीद्वारा शुक्रबार जारी सूचनामा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।